धमाधम बनाईंदै मतदान केन्द्र (फोटोफिचर)


काठमाण्डु – स्थानीय तहको निर्वाचन शुक्रबार हुँदैछ । भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरुले तयारीलाई तीव्रता दिएका छन् । देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । कतिपय ठाउँमा निर्वाचनको तयारी सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा धमाधम मतदान केन्द्र बनाईंदै छ ।

मौसम विभागले मतदानको दिन पानी पर्न सक्ने सम्भावना रहेको बताएको छ । विभागको जानकारी अनुसार आयोगले सवै स्थानीय तहहरूलाई पालको व्यवस्था गर्न र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई मतदान केन्द्रमा त्यसै अनुसार व्यवस्था गर्न निर्देशन दिएको थियो । आयोगको सो निर्देशन अनुसार मतदान केन्द्रहरुले निर्वाचनको व्यवस्था मिलाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement