भारतकाे तुलनामा चीनमा आधा मात्र जन्मिन्छन् बच्चा


बेइजिङ – जनसंख्या वृद्धिको बारेमा भारत चिन्तित हुँदै आएको छ भने विश्वकै बढी आवादी भएको चीनमा भने भारतको आधा मात्रै बच्चा जन्मन थालेका छन् ।

विगत केही समयदेखि चीनको आबादीमा स्थिरता आउन थालेको छ । चीन आर्थिक दुनियामा आफ्नो बढी आवादीको सहयोगमा तीव्र रुपमा अगाडि बढिरेको छ र विश्वव्यापी म्यानुफ्याक्चरिङको केन्द्र बनेको छ ।

चीनले जनसंख्या नियन्त्रणका लागि एक सन्तानको नीति अंगिकार गरेको थियो । तर कामकाजी जनसंख्यामा देखिएको कमीका कारण चीनले यो नीति फेरेर दुई सन्तानको नीति अंगिकार गरेको छ ।

आगामी केही वर्षको अवधिमा जनसंख्याको मामिलामा भारतले चीनलाई पछाडि पार्ने देखिन्छ ।
चीनको नेशनल ब्यूरा अफ स्ट्याटिक्सको ताजा आंकडाका अनुसार देशमा जन्मदर १९४९ पछिकै सर्वाधिक कम रहेको छ ।

यदी जनसंख्यामा यस्तै किसिमको गिरावट आयो भने २०६५ सम्ममा चीनको जनसंख्या केबल १ अर्ब १७ करोडमा झर्न सक्छ ।

पाका उमेरका आवादीका कारण कामकाजी मानिसको कमी

चीनमा घट्दो जन्म दर त्याहाँको अर्थव्यवस्थाका लागि एक चुनौती बनेको छ । यसको अर्थ कम जन्म दर र बढ्दो उमेरका कारण श्रमबलमा कमी आउनेछ र अर्थव्यवस्थामा नकारात्मक असर पार्न सक्छ ।

१९८० देखि हालसम्मको अवधिमा चीनको औसत आयु ६६ बाट बढे ७६ पुगेको छ । २०१७ मा चीनका औसत आयु ६५ वर्ष तथा कुल जनसंख्यामा यसको हिस्सा ११.४ प्रतिशत थियो ।

२०३० सम्ममा यसको हिस्सा १७.१ प्रतिशत हुने अनुमान गरिएको छ । चीनको अर्थव्यवस्थालाई पाको हुदै गएको जनसंख्यालाई पेन्सन र स्वास्थ्य जस्ता आवश्यकता पूुर्ति गर्नका लागि पनि अर्थव्यवस्थामा ठूलै परिवर्तन गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement