चीन-ताइवानबीच तनाव किन भइरहेको छ ?


एजेन्सी – अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाको सम्बन्ध तनावपूर्ण बनेको छ । करिव २५ वर्षपछि अमेरिकाबाट उनको उच्चस्तरिय भ्रमण भएको हो । चीनको चर्को विरोधका बावजूत पेलोसीको ताइवान भ्रमणलाई चीनले धेरै खतरनाक बताएको छ । पेलोसी चीनविरोध गतिविधिका लागि संधै चर्चामा रहने नेतृ हुन् ।

चिनियां उपविदेश मन्त्री सी फेंगले उनको भ्रमणलाई अनैतिक भएको भन्दै यसले गम्भिर परिणाम ल्याउने चेतावनी दिएका छन् । यता अमेरिकाको राष्ट्रिय सुरक्षा विभागका प्रवक्ता जान किर्बीले पेलोसीको भ्रमण वान चाइना पोलिसीअनुरुप नै भएको भन्दै यसलाई थप संकटमा बदल्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।

किन विवाद ?
चीन ताइवानलाई आफ्नो हिस्सा भएको दावी गर्दै आएको छ । उसले चीनको नियन्त्रणमा ताइवान चांडै आउने बताउंदै आएको छ । तर, ताइवानले भने आफु स्वतन्त्र देश भएको दावी गर्दै आएको छ । ताइवानको आफ्नै संविधान र आफैले चुनेको नेताको सरकार छ ।

नेपालले समेत ताइवानलाई चीनको हिस्साको रुपमा स्विकारेको छ । तर, बेला बेलामा ताइवानलाई विश्वका अरु देशले नेताले कार्डका रुपमा खेल्ने गरेका छन् । चिनियां राष्ट्रपति सी जिनफिङको यही कार्यकालमा ताइवान चीनको नियन्त्रणमा आउने धेरैको विश्लेषण छ । राष्ट्रपति सीले पनि ताइवानको एकीकरण पुरा भएरै छोड्ने दावी गर्दै आएका छन् ।

त्यसका लागि शक्तिको प्रयोग हुने कुरालाई समेत उनले अस्विकार गरेका छैनन् । तर, चीन शान्तिपूर्ण रुपले ताइवानलाई चीनमा मिलाउने रणीनितिमा छ । अमेरिकाले आफु महाशक्ति बनि राख्न चीनलाई युद्धमा फसाउने रणनीतिमा छ । चीन भने युद्धमा नफस्ने योजनामा छ । पहिलो शक्ति बन्ने दौडमा रहेको चीनलाई रोक्न अमेरिकाले रुसलाई झै अल्झाउने योजना बनाएको धेरैको बुझाई छ ।

ताइवान किन महत्वपूर्ण छ ?
ताइवान चीनको दक्षिण पूर्वी तटीय क्षेत्रबाट लगभग १ सय माइल टाढा अवस्थित छ । उसले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । तर, चीनको दावीलाई भने ताइवानलाई अस्विकार गर्दै आएको छ । चीनले २०१६ मा ताइवानको सरकारसंग सबै सम्पर्क विच्छेद गरेको छ ।

ताइवानको विषय अमेरिकी विदेश नीतिको लागि महत्वपूर्ण हिस्समा मानिन्छ । ताइवान मात्र होईन संसारका अन्य द्धिपहरु समेत अमेरिकाको लागि महत्वपूर्ण मानिन्छन् । पश्चिम प्रशान्त महासागरमा दबदवा कायम गर्नको लागि ताइवान चीनको लागी आवश्यक छ ।

ताइवानलाई उसले पनि रणनीतिक अवस्थितिका कारण उच्च प्राथमिकतामा राखेको छ । अमेरिकाको गुआम र अन्य हवाई द्धिपमा रहेका अमेरिकी सैन्य अखडालाई खतरा हुन सक्ने भएकाले पनि अमेरिकाले ताइवानलाई प्रतिष्ठाको विषय बनाएको छ । चीनले ताइवानलाई नियन्त्रण गरे साउथ चाइना सीमा पूर्ण रुपमा नियन्त्रण कायम गर्न उसलाई सजिलो हुनेछ ।

चीनबाट कसरी अलग भयो ताइवान ?
चीनबाट ताइवान विश्वयुद्धपछी अलग भएको हो । १९४९ मा चीनमा माओको नेतृत्वमा क्रान्ति सम्पन्न भएपछी च्याङ काई सेकका सैनिकहरु भागेर ताइवान पुगेका थिए । त्यहा उनिहरुको लामो शासन चलेको थियो ।

चिनियां कम्युनिष्ट पार्टीको लडाई चीनमा त्यहांको सत्तारुढ दल नेशलिष्ट पार्टी(कुओमितांग) संग चलिरहेको थियो । माओले बेइजिङ कब्जा गरेसंगै यो पार्टीका नेताहरु समेत ताइवान भागेका थिए । कुओमितांग पार्टी सबैभन्दा लामो समय ताइवानमा शासन गर्ने पार्टी समेत हो । ताइवानलाई अहिले विश्वका १३ देशले मात्र स्वतन्त्र देशको मान्यता दिएका छन् । ताइवानका रक्षामन्त्रीले चीनसंग पछिल्लो ४० सालमा सबैभन्दा खराब समय चलिरहेको दावी गरेका छन् ।

के ताइवान आफ्नो रक्षा गर्न सक्षम छ ?
चीन र ताइवानबीच सैन्य शक्तिको कुनै तुलना हुंदैन । चीनसंग विशाल सेना र आधुनिक हतियार छ । जहां चीनको तुलनामा ताइवान कमजोर छ । तर, उसलाई अमेरिकाले अत्याधुनिक हतियार बेचेको छ । जसले गर्दा ताइवानले केही समय यद्ध लड्न सक्ने अनुमान गरिन्छ । त्यतिमात्र होईन ताइवानमा ३० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ रहेको बताइन्छ । उसले अमेरिकाबाट ठूलो मात्रामा हतियार समेत खरिद गरेको छ ।

चीन सैन्य शक्ति विना नै ताइवानलाई एकिकरण गर्न सक्छ । दुवै देशबीच आर्थिक सम्बन्ध मजबूत बनाएर अघि बढ्न सक्ने ठाउं समेत छ । तर, यदी लडाई नै भएको अवस्थामा भने चीनको अगाडी ताइवान निकै कमजोर हुनपुग्छ । चीनसंग भएको मिसाइल,नौसेना र वायुसेना अमेरिकाको हाराहारीमै छ । उसले साइबर हमला गरे यसको सामना गर्न सक्ने क्षमता समेत ताइवानसंग छैन । चीनसंग करिव २० लाख सक्रिय सेना छ । यो ताइवानकोभन्दा करिव १२ गुणा धेरै हो । चीनको वायु सेना मात्र ४ लाख छ भने ताइवानसंग ३५ हजार वायु सेना छ ।

के अवस्था खराव हुंदै हो ?
चिनियां राष्ट्रपति सी जिनफिङको गत हप्ता भर्चुअल संवाद भएको थियो । करिब २ घण्टा १७ मिनेट चलेको संवादमा जिनफिङले आगोसंग खेल्न खोज्नेहरु जल्ने चेतावनी दिए । यो भनाईले पनि दुवै मुलुकबीचको बिग्रदों अवस्थालाई संकेत गर्छ । चीनको यो चेतावनीका बावजूत अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले अमेरिकाले जस्तोसुकै अवस्थामा समेत ताइवानलाई साथ दिने संकेत दिन्छ ।

२०२१ मा चीनले ताइवानको वायु रक्षा क्षेत्रमा आफ्नो लडाकु विमान पठाएर उसमाथि दबाव बनाएको थियो । यो वर्ष मात्र चीनले ५६ विमानलाई ताइवानको इलाकामा पठाएको सुचना सार्वजनिक भएको थियो ।

दुनियाको अर्थव्यवस्थाको लागि समेत निकै महत्वपूर्ण मानिने ताइवान अहिले युद्धको भुमरिमा परेको छ । तर, ताइवानका जनतामा भने त्यसको असर कम परेको विभिन्न अनुसन्धानले देखाएको छ । ताइवानका नेताहरु समेत रुस र युक्रेनको युद्धपछी द्धन्द्धलाई अघि बढाउने पक्षमा छैनन् । तर, अवस्था यस्तो बन्दैछकी ताइवान रणीनितिक स्वार्थको चेपुवामा परिरहेको छ ।

चीनमा चिनियां राष्ट्रपतिको तेस्रो कार्यकालको तयारी सुरु भएको छ । चीनमा उनले ताइवानको विषयलाई सत्तामा पुग्ने हतियारका रुपमा प्रयोग गर्न खोजेका छन् । उनले चीनको पुन: एकीकरणको नारा दिएका छन् । ताइवानको विषय चीनमा समेत राष्ट्रवादसंग जोडिन्छ । उनले यसलाई प्रयोग गरेर तेस्रो कार्यकालका लागि वातावरण बनाउन सक्ने पनि विश्लेषण हुन थालेको छ ।

अमेरिका र चीन दुवैले पछिल्लो समय साउथ चाइना सी वरपर आफ्ना सेना र विमानहरु परिचालन गरेको छ । चीनले पेलोसीको भ्रमणपछी ताइवानलाई चारै तिरबाट घेर्दै सैन्य अभ्यासको घोषणा गरिसकेको छ । यसले गर्दा ताइवनामा नयां संकट निम्तिने जोखिम बढेको छ । ताइवानले पनि चीनले आक्रमण गर्न खोजे त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । उसले अमेरिकासंगको सहयोगमा चीनसंग लड्ने योजना बनाइरहेको छ ।

(विभिन्न एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
Advertisement