भयानक जोखिममा सुदुरपश्चिम : अलमलमा मुख्यमन्त्री र प्रदेश सरकार


-दीर्घराज उपाध्याय

महाभारतमा एउटा पात्र छ, शल्य । मद्र देशका राजा शल्य पाँच पाण्डवमध्ये नहकुल र सहदेवका मामा थिए ।महाभारतको लडाईमा लाखौ सेना लिएर पाण्डवलाई साथ दिन निस्किएका राजा शल्यको बाटोमा भव्य स्वागत हुन्छ । बास बस्ने ठाउँमा उनलाई हरेक कुराको व्यवस्था गरिएको हुन्छ । यो देखेर उनी दंग पर्छन । उनले यति भव्य स्वागत पक्कै भाञ्जाहरु पाण्डवले गरेको होला भन्ने ठान्छन । तर पछि मात्र थाह पाउछन, कि त्यो भव्य स्वागत नियोजित रुपमा चलाख दुर्योधनले गरेका थिए । उनी त्यो भव्य स्वागतका लागि धन्यवाद दिन दुर्योधनलाई भेट्न बोलाउछन । र खुशी हुदै दुर्योधनलाई भन्छन्, यो स्वागतको ऋण म कसरी तिर्न सक्छु रु

दुर्योधनले भन्छन्, लडाईमा हामीलाई साथ दिए पुग्छ । बचनमा बाधिएका उनले हुन्न भन्नै सकेनन । र लडाईमा कौरवका पक्षबाट लड्ने बचन दिए ।पाण्डवलाई यो कुरा थाह भयो । शल्यले आफ्नो बाध्यता सुनाए । उनीहरु दुःखी भएनन । कौरवका पक्षबाट युद्ध लडेपनि आफूले गर्न सक्ने सहयोगका बारेमा उनले पाण्डवलाई सोधे, मैले के सहयोग गर्न सक्छु ।युधिष्ठिरले आग्रह गर्दै भने, अजुर्नसंगको युद्धमा तपाई कर्णको सारथी बनेर उसको तेजोबध गरिदिनु होला । बस यति भए पुग्छ ।

जसका नामबाट अहिले पनि बिदुर नीति भनेर चिनिन्छ । ती विदुर कौरवकै साथमा थिए । धनुर्विद्यामा सर्वश्रेष्ठ कुन्ति पुत्र कर्ण पनि कौरवसंगै थिए । सबैका गुरु द्रोर्णाचार्य, भिष्म पितामह जस्ता सर्वशक्तिमान र अपराजित व्यक्ति पनि कौरवकै पक्षमा थिए ।महाभारतको लडाई शुरु भयो । १८ दिनको लडाईमा दोर्णाचार्य मात्र मारिएनन । अर्जुनसंगको लडाईमा शल्यले कर्णको तेजोबध गरिरहे । र कहिले नहारेका कर्ण अर्जुनबाट मारिनु प¥यो । युद्धमा भिष्म पितामह, स्वयम दुर्योधन र उनका सय भाई पनि जोगिएनन ।पुत्र अश्वस्त्थामा मारिएको हल्लाले हतियार बिसाएका बेला द्रोणाचार्य दृष्टद्युम्नबाट मारिए । महिला र तेस्रो लिंगीमाथि हतियार नउठाउने प्रतिद्धबता गरेका भिष्म पितामह शिखण्डीद्धारा मारिए ।

युद्ध तागतले मात्र जितिदैन । सर्वश्रेष्ठ सल्लाहकार र गुरु साथमा भएर मात्र पनि युद्ध जितिदैन । त्यसका लागि रणनीति चाहिन्छ । र साथमा रहेका सल्लाहकारको सल्लाह पनि सुन्नुपर्छ । लिनुपर्छ ।महाभारतको यो छोटो प्रसंगपछि, अव लागौ, सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट जोगिन सुदूरपश्चिम प्रदेश सरकारबाट भए गरेका प्रयास र उसको रणनीति तर्फ ।चीनको वुहान कोरोनाका कारण लकडाउन भईसक्यो । त्यो लकडाउनमा फसेका १७५ जना नेपालीका आफन्त यता काठमाण्डौंमा सरकारसंग उनीहरुको उद्दार गरिदिन, रोईकराई आग्रह गरिरहेका थिए ।

प्रदेश सरकारलाई त्यो घट्नाले पटक्कै छोएन । संसार पुरै आक्रान्त भईसकेपछि बल्ल व्युझिएको प्रदेश सरकारका मुख्यमन्त्री कहाँ छन्, भन्ने उनले दुई सातापछि सम्बोधन गरेपछि थाह भयो । यही प्रदेशमा रहेछन भनेर । उनले गरेको सम्बोधनका विषयमा त उनी स्वयमले समीक्षा गरिसकेका होलान । छ पृष्ठ लामो आफैलाई पढ्न र बुझ्न कठिन त्यो सम्बोधन सुन्नेले कति बुझे उनी स्वयम जानुन । यो प्रसंग यत्ति नै ।

अव लागौ, सरकारले के ग¥यो रु कोरोनाले सुदूरपश्चिममा पाईला टेकिसकेको थियो । केही काठमाण्डौंमा रहेका केही मन्त्रीहरुका पाईलाले मुस्किलले एक सातापछि धनगढी टेकेका थिए ।पछिल्लो एक महिनामा प्रदेश सरकार मुख्यमन्त्री, मन्त्रीले कोरोनाका संक्रमितहरुको उपचारका लागि स्थान अस्पताल बनाउन बिभिन्न ठाउँको अवलोकन गरे । उनीहरुले त्यसमध्ये सबैभन्दा बढि पटक अवलोकन गरेको ठाउ थियो, गेटा मेडिकल कलेजको निर्माणाधीन भवन । उनीहरुले पटक पटक अवलोकन बाहेक केही गरेनन । यो विषयमा एकछिन पछि पुनः प्रवेश गर्नेछु ।

अव लागौ, सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय तर्फ । चैत १५ गते सुदूर पश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालाई कोरोना डेडिकेटेड अस्पताल बनाउने निर्णय ग¥यो । र बैशाख १ गते सामाजिक विकास मन्त्रीले सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा बैशाख ३ गतेबाट नवजीवनले प्रवाह गर्ने फरमान जारी गरे ।

मन्त्रीले नामै किटान गरेर एउटा निजी अस्पतालमा सेती प्रादेशिक अस्पतालले दिदै आएको प्रसुती सेवा सञ्चालन गर्ने निर्णय गर्नु पछाडिको कारण के हो रु मन्त्रीको रोजाईमा त्यही अस्पताल किन प¥यो रु त्यसरी नामै किटान गर्न मिल्छ कि मिल्दैन रु त्यसका विषयमा पनि चर्चा नगरौ । तर मन्त्रीको आदेशमा सेती प्रादेशिक अस्पतालले बैशाख ३ गतेबाट प्रसुती सेवा बन्द गर्ने सूचना अघिल्लो दिन नै प्रवाह ग¥यो । यता मन्त्रीले रोजेको अस्पतालले बैशाख ३ गतेबाट सेवा दिन नसक्ने भन्दै हात खडा गरिदियो ।

सेती प्रादेशिक अस्पतालले दैनिक २५ देखि ३० जना महिलालाई प्रसुती सेवा दिदै आएकोमा त्यो सेवा कुनै अस्पताल दिएका छैनन । प्रत्येक दिन जन्मिने नवजात शिशु र तिनलाई जन्म दिने आमा गरी ५० भन्दा बढिको ज्यान जोखिममा पार्ने यो निर्णयको नैतिक जिम्मेवारी कस्ले लिने रु पूर्व तयारी र छलफल बिना नै यस्तो निर्णय गर्ने मन्त्रीले कि ? ती आमाहरुले ? जसले प्रसुती सेवा नपाएर घरमै छटपटिएर नवजात शिशुसंगै मृत्युसंग जुध्नु परेको छ ?

एकथरी मान्छे छन्, जो सरकारले गरेको निर्णय ठिक हो । यस्तोबेला पनि सरकारको बिरोध गर्ने भनेर अर्ति दिन्छन रु अर्कोथरी भन्दैछन्, प्रसुती वार्ड सार्ने निर्णय गलत हो ।ती डाक्टर र स्वास्थ्यकर्मीहरु, जसका कुरा सबैले सुन्नु पर्ने हो, उनका कुरा कोही सुन्न तयार छैनन ।
सरकारले जे गरेपनि ठिक भनिदिनु पर्ने । बचाउ गर्नुपर्ने केही मान्छेका बाध्यता छन् । उनीहरुले सरकारको बचाउ गर्दा आफ्नै धोती फुस्केको भेउ नै पाउदैनन । तिनलाई लिएर केही भन्नु छैन । जसले तर्क गर्दैननन । शक्ति देखाउछन । र त्यसै परे धम्क्याउछन्, पनि । दुई तिहाईको सरकारको बिरोध गर्नेलाई तह लगाई दिन्छौ सम्म भन्न भ्याउछन् । सबैलाई कोरोनाले तह लगाएका बेला तिनले यो बुझ्दैनन कि ती पनि कोरोना भन्दा बलिया छैनन ।

सरकारको निर्णयको बचाउ गर्नेहरुको, त्यही निर्णयका कारण मर्न बाध्य बनाईएकाहरु प्रति सम्वेदना देखिदैन । कही यस्तो नहोस कि सरकारको यो निर्णयका कारण सुत्केरी सेवा नपाएर मृत्यृ हुनेमा ती बचाउ गर्नेहरुका परिवारका सदस्य नहुन । त्यतिबेला थाह हुनेछ, यसको पीडा । कामना गरौ,त्यस्तो कसैले भोग्नु नपरोस ।

यस कारण कोरोना अस्पताल छुट्टै बनाउनुपर्छ

कोरोनाका संक्रमण फैलिएपछि मुख्यमन्त्री र मन्त्रीहरु पटक पटक गेटा मेडिकल कलेज अवलोकन गर्न गए । त्यसैगरी जतिसक्दो चाँडो निर्माण पुरा गर्न निर्माण कम्पनीलाई प्रोत्साहित गरेको भए एक महिना अघि नै त्यो सञ्चालनमा ल्याउन सकिने थियो । अहिले पनि ठेकेदारले भन्दैछन्, सबै काम सम्पन्न भईसक्यो । अव एक साताभित्र शौचालयको काम पुरा हुन्छ । त्यसो हो भने, गेटा मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोरोना अस्पताल किन बनाउन सकिदैन ? सेती प्रादेशिक अस्पतालाई कोरोना अस्पताल बनाउने निर्णयमा सहीछाप गरिसकेकाहरुलाई आपूmले निर्णय गरेका बाहेक अरु सबै बेठिक लाग्छन् ।

त्यहाँ कार्यरत चिकित्सक र स्वास्थकर्मीको कुरा सुनौ । उपचार गर्ने उनीहरुले हुन । चिकित्सक र स्वास्थकर्मीका कुरा नसुनेर गरिने निर्यणले भयानक दुर्घटना निम्त्याउन सक्छ । कुनै पनि नाममा बजारको मध्य भाग र यति ठुलो जनसंख्या भएको धनगढीको केन्द्रमा कोरोना अस्पताल संचालन गर्ने कदम आत्मघाती नहोस । बेलैमा सौचौ । पछि पछुताउने अवसर पनि कसैले पाउने छैन ।

कस्का कुरा सुन्छ प्रदेश सरकार ?

सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकहरु भन्दैछन्, कोरोनो संक्रमितहरुको छुट्टै अस्पताल बनाउ ।जसलाई साथमा लिएर जानु पर्ने हो, जसको साथ र आत्मबल बिना कोरोनाको यो महामारीबाट जुध्न सकिने अवस्था छैन । सरकार तिनै स्वास्थ्यकर्मीका समस्या सुन्ने मुडमा छैन । सरकार निर्देशन दिन्छ, कर्मचारीले काम गर्ने हो । फेसबुकका वालमा समस्या राख्ने होईन ।सुन्नु पर्नेले समस्या नसुनेपछि त्यही एउटा फेसबुक वाल त छ, पीडा पोख्ने स्वास्थ्यकर्मीहरुको साझा थलो ? सुरक्षाकर्मीलाई त आफ्ना पीडा फेसबुक वालमा राख्ने छुट पनि छैन ।

सेती प्रादेशिक अस्पतालले प्रदान गर्दै आएका सेवालाई अस्तव्यस्त पार्न तयार छन् । जहाँ दैनिक पाँच सय बढिले सेवा लिन्छन । जसले तीन दर्जन भन्दा बढि सेवा प्रबाह गर्छ । ती सबै सेवालाई ठप्प पार्न प्रदेश सरकार तयार छ । तर कोरोना अस्पताल छुट्टै बनाउने सल्लाह सुन्नै चाहदैन । ईटलीले दिएको सन्देश सुनौ । र बुझौ । अन्य बिरामीहरुसंगै संक्रमितको उपचार गर्दा व्यहोर्नु परेको मानवीय क्षतिबाट हामी किन पाठ सिक्न तयार छैनौ । चितवनले छुट्टै कोरोना अस्पताल बनाउन सक्छ । धनगढीले किन बनाउन सक्दैन रु यस विषयमा छलफल नै गर्न तयार हुदैनन ।

सरकारमा बस्ने मन्त्रीहरुलाई स्वास्थ्य क्षेत्रको ज्ञान, अनुभव र जानकारी नहुन सक्छ रु तर उनीहरुसंग यतिबेला कम्तिमा बीज्ञहरुको टोली हुनुपर्ने हो । यदि बीज्ञहरुको टोली साथमा भएको भए यस्ता निर्णयहरु हुदैनथे ।पोखरामा ३८० जना चिकित्सक छन् । त्यहाँ अहिलेसम्म एक जना संक्रमित छैनन । फेरि पनि उनीहरु भन्दैछन्, यो अवस्थामा हामी काम गर्न सक्दैनौ । तर पाँच जना संक्रमित उपचार गरिरहेको सेती प्रादेशिक अस्पतालका सिमित चिकित्सकहरुले भनेका छैनन, कि हामी काम गर्दैनौ । गर्न सक्दैनौ ।

कोरोना संक्रमितको उपचार गर्ने नाममा बैशाख ३ गतेदेखि प्रसुती सेवा अन्यत्रबाट दिने निर्णय गरियो । त्यो निर्णय कति कार्यान्वयन भयो त्यो सबैलाई थाह छ । भोलि हाड जोर्नी तथा नशा रोग बिभाग अन्यत्र सारिएला रु पर्सी बाल रोग बिभाग रु यसैगरी कति सेवा अन्यत्र सार्न सकिन्छ रु सेती प्रादेशिक अस्पतालले दिने तीन दर्जन भन्दा बढि सेवा र बिभाग सार्ने क्रम जारी राखिए यहाँका नौ वटै जिल्लामा सार्दा पनि अस्पताल पुग्ने छैनन ।

ईमर्जेन्सी आईसियु, डायलोसिसमा सेवा लिईरहेको अवस्था के हुन्छ रु यो कसले बुझिदिने ? ईमर्जेन्सीका ईञ्चार्ज के भन्छन, उनका कुरा सुनौ । प्रसुती वार्डका ईञ्चार्ज के भन्छ्न  ? सुनौ ।
ए सरकार, डायलोसिस सेवालाई कुन अस्पतालमा सार्छौ ?

सेती प्रादेशिक अस्पतालमा बैशाख ३ गते मात्र हाड जोर्नी बिभागमा चारजनाको अप्रेशन भयो । एक जनाको कुहिनोको आर्टरी रिपेयर भयो । अन्य बिभागले पनि आकस्मिक सेवा दिन छाडेका छैनन । निजी अस्पतालहरुले हाछ्यु लागेको बिरामी देखे टाढैबाट फर्काउछन् । बिपत र बिपन्न दुबैको साथी यही एउटा सेती प्रादेशिक अस्पताल हो । सरकार छ कि, बिपतमा बिपन्नलाई उपचार नपाएर मर्न बाध्य बनाउदैछ । कोरोनाले कतिको मृत्यु हुन्छ, थाह छैन । सरकारका यस्ता निर्णयले मान्छेको मृत्यु हुने क्रम शुरु भईसकेको छ ।

मन्त्रीले फरमान जारी गरेको अस्पतालले बैशाख ३ गतेबाट प्रसुती सेवा दिन नसक्ने बताउदा पनि निर्णयमा चुकेको महशुस हुदैन मन्त्रीलाई । सेती प्रादेशिक अस्पतालले प्रसुती सेवा बन्द गरिसक्यो । नवजीवनले भन्छ, सेवा दिन सक्दैनौ । दुइटै पक्षबीच समन्वय, छलफल र पूर्ण तयारी नभएर गरिएको निर्णयको परिणाम हो,यो ।

यो निर्णयले गम्भीर परिणाम निम्त्याउने निश्चित छ । सेती प्रादेशिक अस्पतालमा प्रसुती बिभागमा सात जना चिकित्सक सहित ४० जनाभन्दा बढि स्वास्थ्यकर्मी कार्यरत छन् । प्रसुती वार्डमा मात्र ८० शैया छन् । र एक साथ तिन जना सुत्केरीको अप्रेशन गर्ने क्षमता टीम र थियटरको क्षमता छ ।सेती प्रादेशिक अस्पतालमा सुत्केरी वार्डमा जति शैया छन्, नवजीवन जस्ता दुई वटा अस्पतालको सम्पूर्ण शैयाहरुको क्षमता त्यत्तिको छैन ।

अझ सेतीमा सुबिधा सम्पन्न अपे्रशन थियटर, भेन्टिलेटर, एनआईसियु र आइसियुको व्यवस्था छ ।जहाँ २५ देखि ३० महिलाले प्रत्येक दिन प्रसुती सेवा पाउने गरेका छन् । अर्थात सेती प्रादेशिक अस्पतालले दैनिक ५० जनालाई जीवन दिईरहेको छ ।त्यो सुबिधा नवजीवन अस्पतालले प्रवाह गर्न उसको क्षमता, संरचनाले थेग्नै सक्दैन । जहाँएक जना मात्र प्रसुती तथा स्त्री रोग बिशेषज्ञ छन् । सिमित स्वास्थ्यकर्मी छन् । न त बेडको पर्याप्तता छ । न त सुबिधा नै छ । ५ किलोको भारी उठाउन सक्ने क्षमता भएकोलाई १०० किलोको भारी बोकाउन खोजे भने के हुन्छ रु त्यही भएको छ रु नवजीवनले आजदेखि प्रसुती सेवा दिन नसक्ने बताउनु भनेकै उसले हात खडा गर्नु हो ।

अव ती ५० आमा र नवजात शिशुको जीवन के हुन्छ रु के उनीहरुको जीवनको कुनै मूल्य छैन रु कोरोनाको संक्रमणबाट कसैको मृत्यु नहोस । यो सबैको चासो चिन्ताको विषय हो । हुनुपर्छ । तर कोरोनाको संक्रमितहरुको उपचारका नाममा जवर्जस्ती ५० जना आमा र नवजात शिशुको ज्यान जोखिममा पार्ने निर्णय गर्न न सामाजिक विकास मन्त्रालयलाई छुट छ । न त सेती प्रादेशिक अस्पतालाई ।
प्रसुती सेवा बन्द गर्ने निर्णय तत्काल फिर्ता लिनु बाहेक कुनै बिकल्प छैन ।

सरकार कहाँ कहाँ चुक्यो ?

पहिलो सेती प्रादेशिक अस्पतालको अवस्था, सुदूरपश्चिममा उसले पु¥याउदै आएको उसको योगदान र महत्व नबुझेरै संघीय सरकारले चैत १५ गते कोरोना डेडिकेटेड अस्पताल घोषणा गर्नु ठूलो कमजोरी थियो । सेती प्रादेशिक अस्पताल सुदूरपश्चिमको एक मात्र सुबिधा सम्पन्न, बिशेषज्ञ सहितको सेवा भएको प्रदेशको रेफरल अस्पताल हो । सुदूरपश्चिमका सबै स्वास्थ्य संस्थाले दिने सेवाको ७५ प्रतिशत सेवा सेती प्रादेशिक अस्पताल एक्लैले दिदै आएको छ ।

अर्थात सुदूरपश्चिमका ७५ प्रतिशत जनताको भरोसाको केन्द्र सेती प्रादेशिक अस्पताल हो । जहाँ दुई सय ४० शैया छन् । अझ गर्मीको समयमा ती शैया पनि कम पर्छन । एउटै शैयामा दुईमा जनाको सम्म उपचार हुन्छ । कतिपयको भाग्यमा त शैया पनि हुदैन । भुईमै सुत्न बाध्य हुन्छन ।

बहिरंग,आकस्मिक र बिभिन्न वार्डहरुमा समेत गरी दैनिक पाँच सय जनाले सेवा लिने सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचार हुन थालेपछि कति जना सेवा लिन आएका छन् रु कतिले सेवा पाएका छन् रु यस तर्फ त कसैको ध्यान नै गएको छैन । यतिधेरै व्यक्तिले सेवा पाईरहेको अस्पतालाई कोरोना डेडिकेटड बनाउदाका परिणामहरु देखिन थालिसकेका छन् । संक्रमणको डर र लकडाउनका कारण समयमै अस्पताल आउन नसक्दा सुत्केरी महिलाको ज्यान जोखिममा छ । अन्य गंभीर बिरामीले उपचार पाउन छाडेका छन् । यो बिर्सन नहुने तथ्य हो ।

सरकारले यसलाई कोरोना अस्पताल बनाउनु अघि यहाँका स्वास्थ्य संस्थाहरुको अवस्था र सेती प्रादेशिक अस्पतालको महत्वका बारेमा प्रदेश सरकारले संघीय सरकारलाई बुझाउनु पथ्र्यो । र संघीय संघीय सरकारले प्रदेश सरकारसंगको सल्लाहमा सेती प्रादेशिक अस्पताललाई कोरोना अस्पताल घोषणा गरेको हो भने यसमा संघीय भन्दा प्रदेश सरकार बढि दोषी छ ।

सेतीमा कोरोना संक्रमितहरुको उपचार शुरु गरेयता सामान्य बिरामी र प्रसुती सेवा लिन जानेहरु डराईरहेका थिए । र छन् पनि । कोरोना संक्रमितसंगै एउटा छाना मुनी अरु बिरामीको उपचार गर्न पनि हुदैन । गर्न पनि मिल्दैन । किनकी संक्रमणको जोखिम अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभएर बिरामीहरुलाई पनि हुन्छ ।

विश्व स्वास्थ्य संगठनले भन्छ, संक्रमितलाई अन्य बिरामीसंगै एउटै अस्पतालमा उपचार नगर । त्यसले भयावह स्थिति सृजना गर्न सक्छ । झण्डै अढाई सय शैयाको सुबिधा दिईरहेको सेती प्रादेशिक अस्पतालले यतिबेला तीनलाई सुबिधा होईन, कोरोनाको जोखिम बाडिरहेको छ ।सेती प्रादेशिक अस्पतालले दिदै आएको कुनै निजी अस्पतालले दिने सामथ्र्य राख्दैन । यसको हेक्का प्रदेश र संघीय सरकारले गर्नुपथ्र्यो ।

सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको उपचार शुरु गर्दा त्यहाँ नियमित रुपमा अरु सेवा लिदै आएका सुदूरपश्चिमवासीको निर्बाध तथा ढुक्क भएर स्वास्थ्य सेवा लिन पाउने अधिकार र सुरक्षाका बारेमा सोच्नु पथ्र्यो । यहाँ निर सरकारहरु चुकेका छन् ।अहिले पाँच जना संक्रमित छन् । भोलि पाँच सय संक्रमित नहोलान भन्न सकिदैन । किनकी सुदूर पश्चिम कोरोना संक्रमणको उच्च जोखिममा छ । धनगढीको व्यस्त र घना जनसंख्याको बीचमा रहेको सेती प्रादेशिक अस्पताललाई कोरोना बिरामीहरुको अस्पताल बनाउनु आफैमा जोखिमपूर्ण पनि छ । त्यसैले ढिलो नगरी सरकारले यो निर्णय फिर्ता लिनुपर्छ ।

र कुनैपनि नाम र बहानामा प्रसुती सेवा बन्द गर्ने निर्णय गरिनु उपर्युक्त कदम मान्न सकिदैन । सेती प्रादेशिक अस्पतालले तत्काल प्रसुती सेवा सुचारु गर्नुपर्छ । प्रसुती सेवा एउटा अस्पतालमा, हाड जोर्नीको उपचार अर्कैमा, अनि फिजिसियन सेवा अर्को अस्पतालमा संभव हुदैन । मन्त्रीले निर्णय गर्नुभन्दा पहिले त्यसले पार्ने असरका बारेमा अलिकति बुझिदिएको भए यस्तो अवस्था अवस्था नै आउदैन थियो ।

मन्त्रीहरुको व्यस्तता

सामाजिक सञ्जालमा हेर्दा मन्त्रीहरु कुदेको कुदेई देखिन्छन । बिमानस्थलदेखि धनगढी । धनगढीदेखि गेटा । राहत बाड्ने देखि चेक बुझ्नसम्म । र पछिल्लो केही दिन यता धमाधम निर्णय पनि गरिरहेका छन् । केही निर्णय राम्रा पनि छन् । यो कुदाईले केही हुनेवाला छैन । नीति बनाउनु होस । ठोस योजना बनाउनुहोस । २२ अर्व भन्दा बढि रकम ढुकुटीमा राखेर केही लाख रुपैयाका चेक बुझेका फोटोहरु सामाजिक सञ्जालमा राखेर पीडामा रहेकाहरुलाई थप पीडा नदिनुहोस ।आफैसंग भएको बजेटको सदुपयोग गर्नुहोस । मन्त्रीहरुले भन्छन्, पैसाको कमि छैन । हामी जति पनि पैसा दिन तयार छौ ।

उनीहरुले बुझ्नु पर्ने कुरा त के हो भने, सेफ्टी ट्यांकी भरियो भने त्यसलाई सफा गर्न पोडे चाहिन्छ । त्यतिबेला पैसाले मात्र काम गर्दैन । अमेरिका, ईटली, फ्रान्ससंग के पैसाको कमि भयो होला र रु संसारकै अतिबिकसित, सम्पन्न र अत्याधुनिक स्वास्थ्य सुबिधा भएका देशको अवस्था त्यस्तो छ ? तर प्रदेश सरकार र उसका मन्त्रीहरुले यसको जोखिम र त्यसबाट निम्तिने भयावह परिणामको आंकलन नै गरेका छैनन ।न उनीहरुसंग भीजन छ । न त योजना । बस्, छन् त कागजी निर्णयहरु ।

सेती प्रादेशिक अस्पतालले छनौट भएका स्वास्थ्यकर्मी नियुक्ति लिन नआएपछि पुनः आवश्कयता सम्बन्धि सूचना प्रकाशित गरेको छ ।प्रदेश सरकार भन्छ, हामीले २० वटा भेन्टिलेटर खरीद गर्ने निर्णय गरेका छौ ।मानौ, सरकारले भेन्टिलेटर खरीद पनि गर्ला । महत्वपूर्ण कुरा त, ती भेन्टिलेटर सञ्चालन गर्ने दक्ष जनशक्ति कहाँबाट ल्याउने भन्ने हो रु चिकित्सकहरु भन्छन्, एउटा भेन्टिलेटर सञ्चालनमा ल्याउन कम्तिमा ६ जना चिकित्सक र स्वास्थ्यकर्मी चाहिन्छन । २० वटा भेन्टिलेटर कहाँ र कसरी सञ्चालन गर्ने कुनै खाका उसंग छैन । बस् केही थान निर्णयहरु छन् ।

अन्यत्र कुनै प्रदेशमा कही नदेखिएका दृष्यहरु सुदूरपश्चिममा दिनहु देखिन्छन् । एउटा उपकरण बिमानस्थल आईपुगे, मन्त्री त्यो लिन धनगढीबाट कुदिहाल्छन् । अनि यता मुख्यमन्त्री कार्यालयमा कुनै बैंकका हाकिमले केही लाखको चेक दिन आईपुग्छन, मन्त्री कुद्दै बिमानस्थलबाट मुख्यमन्त्री कार्यालय आईपुग्छन । मुख्यमन्त्रीको छेउमा उभिन भ्याईहाल्छन् । त्यहाँबाट मन्त्रालय नपुग्दै अर्को बैंकका हाकिम पीपीई दिन मुख्यमन्त्री कार्यालय पुग्छन । फेरि मन्त्री त्यही छेउमा उभिएका देखिन्छन् । यसैलाई भन्छन्, काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ? मुख्यमन्त्री र मन्त्रीले एक कट्टा चामल बाडेका तस्वीरहरु सामाजिक सञ्जालमा भाईरल गरेर प्रदेश सरकारको काम देखाउन सक्रिय कार्यकर्तालाई त सरकारलाई दिएको सुझाव पनि आलोचना मात्र लाग्छ ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको अवस्था

नेपाल मेडिकल काउन्सिलको तथ्यांक अनुसार यो देशमा २५ हजार चिकित्सक छन् । तर सुदूरपश्चिममा सरकारी दरबन्दीमा सय जना पनि चिकित्सक कार्यरत छैनन । यो देशमा सात सय ५१ आईसियु छन् । सुदूरपश्चिममा सरकारी अस्पतालसंग ९ वटा आईसियु छन् ।
यो देशमा तीन सय भेन्टिलेटर छन् । सुदूरपश्चिममा चार वटा भेन्टिलेटर मात्र छन् । त्यो पनि एउटा दार्चुला, अर्को, डडेल्धुरा, तेस्रो महाकाली अस्पताल र चौथौ सेती प्रादेशिक अस्पतालमा ।हाल पाँच जना कोरोना संक्रमित छन् । उनीहरुको स्वास प्रश्वासमा समस्या आएमा भेन्टिलेटरमा राख्न एक जनालाई दार्चुला, अर्कोलाई डडेल्धुरा, तेस्रोलाई महेन्द्रनगर र चौथौलाई धनगढीमा राखिनेछ । र पाँचौ व्यक्तिका लागि त भेन्टिेलेटर पनि हुनेछैन ।

त्यसमध्ये कुनै हाईप्रोफाईल व्यक्ति वा मन्त्री संक्रमित भएमा भेन्टिलेटरमा भएका ती व्यक्तिहरु त्यहाँबाट निकालिने छन् । किनकी शासकका लागि सर्वसाधारणको जिन्दगीले महत्व राख्दैन । र, यो देशमा हजारौ फिजिसियन छन् । तर सुदूरपश्चिममा नौ जना मात्र छन् । त्यो पनि सेती प्रादेशिक अस्पतालमा तीन जना छन् । उनीहरुमध्ये पनि दुई जना चिकित्सक क्वारेन्टाईनमा छन् ।त्यसका बाबजुद पनि कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । यो भन्दा ठूलो कुरा के हुन सक्छ ।

सुदूरपश्चिम भरी १६४ आईसोलेसन बेड छन् । तर कुनै पनि जिल्लामा संक्रमितको उपचार गर्ने चिकित्सक छैनन । त्यसकारण ती बेडको कुनै काम छैन । जुनसुकै जिल्लामा संक्रमित भएपनि उनीहरुलाई उपचारका लागि धनगढी ल्याउने निश्चित छ । यस्तो अवस्थामा कोरोनाको महामारीले उग्र रुप लिए के अवस्था होला रु त्यसको कल्पना पनि गर्न सक्दैनौ । हामी संक्रमित भयौ भने हामीलाई जोगाउन सक्ने हाम्रो स्वास्थ्य संस्थाको क्षमता र सामथ्र्य छैन । त्यसैले लकडाउनको पूर्ण रुपमा पालना गर्नुबाहेक बिकल्प छैन ।

यदि संक्रमित हुनु भयो भने, तपाईलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले एम्बुलेन्समा लैजादा परिवारका सदस्यलाई तपाईले गर्ने बाई जीवनकै अन्तिम बाई हुन सक्छ । र तपाईको मृत्युमा तपाईको परिवारका सदस्यले कोठाभित्र बसेर रुनु बाहेक अर्को उपाय छैन । किनकी संक्रमितको दाहसंस्कार गर्न परिवारका सदस्यले पनि पाउदैन । यो भन्दा पीडादायी क्षण के होला रु कामना गरौ यो क्षण कसैको जीवनमा नआओस । तर त्यसका लागि कसैसंग सम्पर्क नगरी घरभित्र बस्न आवश्यक छ ।

प्रदेश सरकारलाई नमागिएका सुझावहरु

सुझाव नम्बर १ :

आज प्राप्त जानकारी अनुसार गेटामा निर्माणाधीन मेडिकल कलेजका भवनहरु कोरोना अस्पताल सञ्चालन गर्न तयार भईसकेका छन् । जहाँ शौचालयमा प्यान राख्ने काम मात्र बाँकी छ । र अर्को पानीको आपूर्ति । यी दुई काम सम्पन्न गर्न एक हप्ता पनि लाग्दैन ।रातदिन काम गरेमा एक साता भित्र त्यहाँ शैया देखि सम्पूर्ण सुबिधाहरुको व्यवस्था गर्न सकिने छ । सडकको एकातिरको भवनमा संक्रमितको उपचार गर्न सकिने छ । अर्कोतिर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवासको व्यवस्था गर्न सकिने छ ।

यति ठूलो संरचना अर्को छैन । र यो वस्ती र शहरभन्दा एकान्तमा भएकोले पनि कोरोना संक्रमणका लागि अत्यन्त उपर्युक्त छ ।एक महिनामा धनगढीमा प्रदेश सरकारका मन्त्रालयहरु स्थापना हुन सक्छन । डडेल्धुराका सोफा ल्याएर मन्त्रीको कोठा सिंगार्न सकिन्छ भने एक हप्तामा किन मेडिकल कलेजमा शैया सहितका आवश्यक सुबिधा व्यवस्था गर्न सकिदैन रु कुरा ईच्छाशक्तिको हो । यो संरचनाको सदुपयोग हुन सके तत्काल अन्य कुनै संरचना खोज्नु पर्ने छैन ।

सुझाव नम्बर २ :

सुदूरपश्चिममा मेडिकल कलेज वा प्रतिष्ठान नभएका कारण चिकित्सकहरु आपूर्ति गर्न सक्ने अवस्था प्रदेश सरकारको छैन । प्रदेश सरकारले तत्काल संघीय सरकारसंग काठमाण्डौं तथा बिभिन्न मेडिकल कलेज र प्रतिष्ठानमा रहेका चिकित्सकहरुलाई सुदूरपश्चिममा पठाउन आग्रह गर्नुपर्छ । चिकित्सकको संख्या पर्याप्त नभएका कारण अहिले नै संक्रमितको उपचारमा कठिनाई भईसकेको छ । संक्रमण फैलिएपछि चिकित्सक खोज्न संभव छैन ।

सुझाव नम्बर ३ :

औषधी, उपकरण, स्वास्थ्य सामग्रीलाई तयारी हालतमा राख्न आवश्यक छ । र स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,एम्बुलेन्स चालकहरुको सुरक्षा र उनीहरुलाई प्रोत्साहित गर्न आवश्यक छ ।

सुझाव नम्बर ४ :

भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टाईनमा बसेका र नबसेका सबैको थ्रोट स्वाव जाँच गर्न जरुरी छ ।

सुझाव नम्बर ५ :

लकडाउनका कारण तराई र पहाडमा दैनिक उपभोग्य वस्तु र औषधीको अभाव भईसकेको छ । खाद्य उद्योगहरु बन्द भएका छन् । उत्पादन बन्द छ । उत्पादनबन्द भएपछि आपूर्ति कसरी संभव होला रु निरन्तरको लकडाउनले भोकमरीका कारण पनि भयानक संकट उत्पन्न हुदैछ । बेलैमा यसतर्फ प्रदेश सरकारले सोच्न आवश्यक छ ।

अन्त्यमा,

महामारीको यस्तो भयावह अवस्थामा पनि मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसंग बीज्ञहरुको टीम छैन । सचिवालय छैन । आफ्नै संसदीय दलका सदस्यहरुलाई यो महाविपत्तिमा संगै लैजाने चौडा छाति नभएको सरकारले प्रतिपक्षलाई समेटेर लैजाने कुरै भएन । जवकी नेकपा संसदीय दलका सदस्य र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेताले संकटको यो घडीमा सरकारको पूर्ण साथमा छौ भन्दै आएका छन् । तर उनीहरुसंग सल्लाह लिन र समन्वय गर्न सरकारसंग फुर्सद छैन । मुख्यमन्त्री र मन्त्रीहरुका साथमा परिपक्व र गतिलो सल्लाह दिने मान्छे छैन । तीन वर्ष पुग्न लाग्दा पनि मुख्यमन्त्रले कुनै क्षेत्रका बीज्ञ र जानकारहरु न सल्लाह लिएका छन् । न त उनीहरुको टीम बनाएका छन् । कोही रिसाउलान कि भनेर सल्लाहकार नियुक्त गर्न नसक्ने मुख्यमन्त्रीहरुसंग हामी फेरि पनि अपेक्षा गरिरहन्छौ ।

मुख्यमन्त्रीले तत्काल बीज्ञहरुको टीम बनाउनुपर्छ । अहिलेको जोखिमको सही विश्लेषण गर्न सक्ने स्वास्थ्यबीज्ञहरुको संगको परामर्शमा ठोस रणनीति बनाउन आवश्यक छ । अव ढिलो भईसकेको छ । पाँच जना संक्रमितबाट पाँच सय पुगे के होला अनुमान नगरौ । यहाँ त २५ जना संक्रमित थपिए भने पनि उपचार हुन सक्ने अवस्था छैन ।मुख्यमन्त्रीका सल्लाहकार भईदिए त्यतिढिलो गरी उनको सम्बोधन आउने थिएन । र उनी आफैले नबुझ्ने त्यस्तो सम्बोधन पनि आउने थिएनन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण महाभारत जस्तै बिनाशकारी हुनसक्छ । बिबेक बन्धकीमा राख्दा युद्ध भयो । बिबेक नपु¥याउदा महामारी फैलिन सक्छ । सल्लाहकारको सल्लाह नमान्दा, साथमा भएका अनुभवीका कुरा नसुन्दा कति भयावह परिणाम भयो, महाभारत त्यसको उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement