एस्ट्राजेनेका खोपले मष्तिष्कमा रगत जम्ने खतरा, वैज्ञानिकहरूले थाले अध्ययन


काठमाण्डु – अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप लगाउने व्यक्तिहरुमा मष्तिष्कमा रगत जम्ने समस्या देखिएको छ । उनीहरुमा मष्किष्कमा असामान्य रूपमा रगतका थैलीहरू फेला परेको बीबीसीले जनाएको छ ।

खोप लिइसकेपछि, मस्तिष्कको बाहिरी सतहमा डुरामेटरका तहहरूको बीचमा रगतको धब्बा देखिएको छ । अर्थात् त्यसलाई ‘सेरेब्रल भेनस साइनस थ्रोम्बोसिस’ (सीवीएसटी) पनि भनिन्छ ।

खोप लगाएकाहरुमा गम्भीर समस्या देखिएपछि फ्रान्स र क्यानडाले जर्मनी पछि एस्ट्रजेनेकाको कोरोना खोपमा सीमित प्रतिबन्ध लगाएको छ ।

हपकिन्स मेडिसिनका अनुसार सीवीएसटीले रक्त कोषहरू भत्काउन सक्छ र दिमाग कोषहरूमा रगत चुहिन थाल्छ जसले दिमागमा रक्तस्राव निम्त्याउन सक्छ ।

यद्यपि विश्व स्वास्थ्य संगठन र युरोपियन मेडिसिन एजेन्सीले खोपबाट खतराहरू भन्दा बढी फाइदाहरू रहेको बताएका छन् ।

वैज्ञानिक र औषधि सुरक्षा नियामकहरुले विश्वबाट मस्तिष्क स्ट्रोक वास्तवमा खोपले निम्त्याएको हो वा होइन भन्ने विषयमा थप अध्ययन सुरु गरेका छन् । यसबाट ठूलो खतरा हुन सक्छ वा कोरोना खोप कार्यक्रमको लागि यो जोखिमको अर्थ के हुन सक्छ ? भन्ने विषयमा उनीहरुले अध्ययन सुरु गरेको बीबीसीले जनाएको छ ।

युरोपेली मेडिसिन एजेन्सी खोपले मस्तिष्कमा साइडइफेक्ट गर्न सक्ने बताएको छ । केही प्रख्यात वैज्ञानिकहरूले खोपले रगत जम्ने खतरा हुन सक्ने र केहीले यस्तो खतरा नरहेको प्रष्ट पारेका छन् ।

जब रगतमा प्लेटलेटको संख्या घटाउन थाल्छ यी रगतका धब्बाहरू देखा पर्न थाल्छन् । प्लेटलेट्स रगतको धब्बाहरूमा अधिक हुन्छन् ।

जर्मनीमा, कोरोना खोप दिइएका मध्ये ९० प्रतिशत मानिसहरूलाई एस्ट्राजेनेका खोप दिइएको थियो । तीमध्ये धेरै जसो ६० बर्ष भन्दा मुनिका छन् ।

युवामा प्रतिरोध क्षमता सामान्यतया उच्च हुन्छ र खोपको साइड इफेक्ट पनि कम हुने चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement