अब बैंकमा सुन राखे ब्याज पाइने, यस्तो छ नियम


काठमाडौं – अब बैंकमा सुन राखेर ब्याज पाइने भएको छ । बिहीबार राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै सुन निक्षेप योजना सुरु गरेको हो ।

राष्ट्र« बै‌कले कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्षसम्मको अवधिका लागि निक्षेपका रुपमा सुन संकलन गर्न पाउने व्यवस्था वाणिज्य बैंकहरुका लागि खुला गरिदिएको हो ।

बैंकले नै सुनको शुद्धता तथा तौलको जाँच गर्ने संयन्त्रको स्थापना गरी कम्तीमा ९९५ फिटनेसको सुन मात्रै स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकहरुले संकलन गरेको सुन ढुकुटीभित्र राख्ने वा व्यवसायीलाई बेच्ने सम्वन्धमा बैंकले नै निर्णय गर्न सक्नेछ ।

कम्तीमा २५ ग्राम परिमाणको सुनलाई मात्रै बैंकहरुले स्वीकार गर्न सक्नेछन् । त्यसपछि सुनको जाँच गरी बैंकहरुले तौल र शुद्धता एकीन गरी प्रमाणपत्र दिने छन् ।

सो प्रमाणपत्र बैंकमा धितो राखेर सोको ७० प्रतिशतसम्म कर्जा सुविधा पनि पाइनेछ । यसरी प्रवाह भएको कर्जामा बैंकले सुन धितोमा दिएको व्याजदरमा २ प्रतिशतभन्दा बढी थप्न पाउने छैनन् ।

यसरी सुन निक्षेपका रुपमा संकलन गरेपछि ग्राहकलाई त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेछ । सुन जम्मा गर्दा नै सो बराबरको साँवा तथा व्याज एकीन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी सुन निक्षेप संकलन गर्ने ग्राहकको केवाइसी विवरण बैंकले राख्नुपर्नेछ ।

१० लाख रुपैयाँभन्दा बढिको सुन निक्षेपको स्रोत खुलाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । सुन निक्षेपको प्रमाणपत्रलाई त्यही बैंकमा धितो राखी निक्षेपमा रहेको सुनको ७० प्रतिशतसम्म ऋण पाउन सकिने भएको छ । यसको ब्याज दर निक्षेपमा पाइरहेको भन्दा २ प्रतिशत बिन्दु बढि हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement