विश्व स्वास्थ्य सङ्गठनको प्रोटोकललाई सबैले कार्यान्वयन गरौं


-मनोज भट्ट

विश्व समुदाय कारोना भाईरसको महामारीबाट आक्रान्त छ । त्यसका विरुद्द जुधी रहेको छ । यही पुस १५ गते चीनमा देखा परेको कोरोना भाईरसले तीन महिनाको दौरानमा विश्वका दुई सय देशलाई रोगको चपेटामा तानेको छ । यो लेख तयार पार्दा सम्म मृत्यु हुनेको संख्या ४२ हजार १सय ७ पुगेको छ भने लाखौं व्यक्तिहरु यो रोग बाट सङक्रमित छन । अझ डर लाग्दो कुरा अमेरिकी प्रशासनले यो रोग बाट दुई लाखव्यक्तिहरु अमेरिकामा मृत्यु हुन सक्ने चिन्ता जाहेर गरेको छ । यसप्रकारले यो रोग संसार भरि तीव्र गतिमा फैलिरहेको छ । यो रोगका विरुद्ध विभिन्न मुलुकहरु आफनो क्षमता र साधन स्रोतकाआधारमा लडिरहेका छन ।

सयुक्त राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरेसले ,‘कोभिड १९ संयुक्त राष्ट्रसङघको गठन देखि अहिले सम्म सामना गर्नु परेको सबै भन्दा ठूलो चुनौतिहो । यो रोग दोस्रो विश्व युद्ध पछि को सबै भन्दा ठूलो चुनौती रहेको ’ कुरा स्वीकार गरेबाट पनियसको गम्भीरता समेत प्रस्ट छ । यो रोगका विरुद्ध विश्व स्तरमै सामना गर्नु पर्ने आवश्यकता छ । त्यस दिशामा विश्व स्वास्थ्य सङगठनले नेतृत्वदायी भूमिका खेलि रहेको छ ।

यो रोगले पार्न सक्ने प्रभावको गम्भीरतालाई हेरेर विश्व स्वास्थ्य संगठनको आपतकालिन बैठक बसेर माघ १७गते विश्वभरी स्वास्थ्य सङकटकालको घोषणा गरेको थियो । त्यसै गरी फागुन २८ गते कोरोना भाईरसको सङक्रमणलाई महामारीको रुपमा घोषणा गरेको छ । त्यो महामारीको सामना गर्नका लागि विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनका लागि विश्व स्वास्थ्य सङगठनले आवश्यक प्रोटोकल को व्यवस्था गरेको छ ।

विश्व स्वास्थ्य सङगठनले तयार पारेको प्रोटोकलमा विश्व समुदाय सहमत छन र त्यसको कार्यन्वयनमा जोड दिई रहेकोका छन र दिनु पनि पर्दछ । यो रोगकुनै एउटा देशको मात्र समस्यानभएर विश्वकै समस्या हो । विश्व स्वास्थ्य सङगठनले यो महामारीको नियन्त्रणका लागि सामाजिक दुरी कायम गर्नुलाई सबै भन्दा उत्तम उपायको रुपमा अगाडी सारेको छ । यही उपायको आधारमा रोगी बाट अलग बस्ने कोरन्टाईनको पद्दती मा जोड दिने गरिएको छ ।अर्थात,‘जो जहा छन त्यही सुरक्षित राख्ने वा रहनदिने’भन्ने नै हो ।

नेपालको सन्दर्भमा, रोग बाट बच्न सामाजिक दुरी कायम राख्ने र जो जहाँ छ त्यही सुरक्षित राख्ने वा रहनदिने नीतिलाई कार्यान्वयन गर्नाका लागि बन्दी अवस्थाको कार्यक्रम यही चैत्र ११ गते देखि लागु गरिएको छ । महामारी नियन्यत्रणका लागि लक डाउनको कार्यक्रम प्रभावकारी देखिएको छ । महामारी नियन्त्रणका लागि लक डाउन गरेको अवस्थामा छिमेकी मुलुकका सिमा नाकाहरु खुला रहदात्यसले जनताको आवागमनकायम रहने र महामारीले थप सङक्रामक रुप लिने भएको हुनाले सीमानाकाहरु पनिबन्द गर्नु पर्ने आवश्यकता देखियो र त्यसका लागि जनस्तर, राजनैतिक दलतथा संघ संस्थाबाट पनि आवाज उठेको थियो । त्यसैले सीमानाकाहरु बन्द गरिएका छन । सीमा नाका बन्द गर्दा स्वभाविक रुपले जो जहाँ छ त्यही सुरक्षित राख्ने वा रहने विश्व स्वास्थ्य संगठनको प्रोटोकलको पालनामा सबै मुलुकहरुले ध्यानदिनु पर्दछ र त्यसको पालना गर्नु पर्दछ ।

चीन र नेपालकाबीचको आवागमन भौगोलिक विकटताले सहज छैन । त्यसैले यो महामारीमा चीन सँग हाम्रो आवागमनले समस्या पैदा हुनअवस्था छैन ।यद्यपि सीमानाका पनि बन्द गरिएको छ । भारतसँग नेपालको १८८० किलो मिटर खुल्ला सीमा जोडिएको छ । दुईवटै देशका नागरिक एकअर्काको देशमा सजीलै आवतजावत गर्न सकने भएकोले समस्या आउने गरेका छन् । तर दुईटै मुलुकले यो महामारीलाई नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य सङगठनको प्रोटोकललाई पालना गर्ने हो भने कुनै समस्या हुदैन । जो जहाँ छ त्यहाँ सुरक्षित रहने । एकअर्का मुलुकमा भएका नागरिकको हेरचाह,औषधीउपचार र खानपिनको व्यवस्था सम्बन्धित मुलुकले गर्नु पर्ने दायित्व पुरा गर्नु पर्ने हुन्छ ।

कोरोना भाईरसको संङक्रमित रोगिले करिब १५ मीनेट भित्र झण्डै ३२०० ब्यक्तिमा भाईरस सार्न सकने खतरा हुनेभएकोले भारत र नेपालले लक डाउन गरी सीमानाका बन्द गरेको छ । त्यस्तो अवस्थामा मान्छेहरुको आवत जावतमा नियन्त्रण नगरी रोगमाथि नियन्त्रण गर्न सकिदैन । अर्थात भारत र नेपालले समान उद्देश्यका लागि नै लक डाउन गरेको छ । तर लक डाउन गरिसके पछि जानकारी नभएको हुनाले थुप्रै नेपाली सीमानाकामा आइपुगे । सुदुरपश्चिमका विभिन्न नाकामा मात्र १लाख ४३ हजार ३ सय ४७जना नेपाली आइपुगेका थिए । तिनीहरुलाइ नेपाल प्रवेशको मौका दिइयो । बन्दी अवस्थामा डंडेल्धुरा जिल्लामा मात्र ६ हजार नेपाली भित्रिएका थिए । तिनीहरुलाई जानकारी नभएको हुनाले तात्कालिन अवस्थामा मानवीय हिसाबले प्रवेश गराउनु न्यायोचित नै थियो । तर त्यससंगै रोग पनि भित्रिने गम्भीर जोखिम नेपालले उठायो । भारतका विभिन्न ठाउबाट आएका ९०० जना नेपालीहरु सुदुरपश्चिमका विभिन्न क्वारेन्टाइनमा राखिएका छन ,कतिपय सम्पर्कमा आउन मानेका छैनन ।यद्यपि त्यस बेलासम्म भारतमा कोरोना भाईरसको समस्यायति बृद्दि भइसकेको थिएन ।

भारतले नेपालीहरुलाई नेपाल जान उत्प्रेरित गरि रहेको छ । भारतमा लक डाउनको अवस्थामा नेपालका विभिन्न नाकामा यति ठूलो संख्यामा नेपालीहरु भारतका विभिन्न ठाउबाट आईपुग्नुलाई सामान्यरुपमा लिन सकिदैन । अहिले पश्चिमको दार्चुला जिल्लासंग जोडिएको भारतीय नाकाबाट नेपालीहरु नेपाल आउन खोजेको तर नेपालले आउन नदिएकोमा त्यो घटना राष्ट्रिय चर्चाको विषय बनेको छ । यो विषयले धेरै ठूलो तर∙ पैदा गरेको छ । सीमानाकामा आईपुगेका नेपालीहरुलाई नेपालप्रवेश गर्न नदिएकोमा सामाजिक संजालमा सरकारको चौतर्फी विरोध भैरहेको छ । त्यो बिरोधलाई भारतीय संचारमाध्यमहरुले पनि उक्साई राखेका छन । आजमात्रै प्रकाशित भएका भारतीय पत्रपत्रिकाहरुले , ‘नेपालने मुह मोडा , डिएम ने खाना परोसा ‘शिर्षकमा समाचार प्रकाशन गरेका छन ।अर्थात नेपाल जिम्मेवारीबाट पन्छ्यो । तर भारतीय जिल्ला अधिकारीले नेपालीहरु खना खुवायो भनेर भारतलाई उदार र नेपाललाई कुरुप रुपमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । के भारतीयअधिकारी र त्यहाँका पत्रपत्रिकाहरुलाई भारत र नेपालमा लक डाउन रहेको र दुईटै देशका सीमानाकालाई रोग फैलिन नदीनका लागि बन्द गरिएको कुरा थाहा छैन ?रोगलाई फैलिन नदिनका लागि,’ जो जहाँ छ त्यहाँ सुरक्षित रहनु’भनेर भारतीय प्रधानमन्त्रीले लगातार जोड दिदै आएका छन । भारतीय प्रशासन को यो कार्य आफ्नै प्रधानमन्त्रीको प्रतिबद्धता विरुद्ध रहेको छ । भारतमा भएका नेपालीहरुको सुरक्षा,औषधिउपचार र खानाको व्यवस्थाको जिम्मा भारत सरकारको हुन्छ भने नेपालमा भएका भारतीयहरुको जिम्मा नेपालको हुन्छ ।

कैलालीको धनगढीमा ४० जना भारतीयहरुलाई सशस्त्र प्रहरीको कोरन्टाईनमा राखिएको छ । ति भारतीय मजदुरहरु सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लामा कार्यरत थिए । भागेर भारत तर्फ जानखोज्दा नेपालतर्फको सशस्त्रप्रहरीले नियन्त्रणमा लिएर भारत जान नदिएर कोरन्टाइनमा राखिएको छ । त्यसै गरी काठमाडौंलगाएतका विभिन्न ठाउँमा काम गर्ने ३५२ जना भारतीय मजदुर वीरगञ्जनाका काटेर भारत जान खोज्दा नेपाल प्रहरीले नियन्त्रणमा लिएर विभिन्न कोरन्टाईनमा राख्ने प्रबन्ध मिलाएको छ । केहि समय अघाडी वीरगञजको मितेरी पुलमा झण्डै ५०० भारतीयहरु भारत जानखोजेका थिए । तर नेपाल सरकार तिनीहरुलाइभारत जान रोक्यो र आआफना ठाउ फिर्ता पठायो । विपदको यो अवस्थामा नेपालले पनिभारतसंग त्यस प्रकारको ब्यवहारको अपेक्षा गर्दछ ।

तरविभिन्न ठाउँमा बसि रहेका नेपालीहरुलाई भारतमै रोक्नुको सट्टा नेपालजान प्रेरित गरेरभारतलेविश्व स्वास्थ्य सङगठनको प्रोटोकलकोे उल्लंघन गरेको छ । यस्तो संवेदनशिल घडीमा नेपाल आउनचाहने व्यक्तिहरुको पवित्र र सोझो भावनालाई नेपालका केही नेताहरुले समेत सरकारको विरोध गर्ने कलाबाजीको रुपमाप्रयोग गरेको देख्दाउनीहरु कोभिड १९को महामारीको नियन्त्रणको लागि गम्भीर नभएको देखाउछ । दार्चुला घटना सम्बन्धमा सामाजिक संजालमापूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले, ‘आफ्ना नागरिक लैजान नसक्ने हुतिहारा सरकार’ भनेर लेखेका छन । त्यसै गरी पूर्व प्रधानमन्त्री शेर बहादुर देउबाले बिज्ञप्ति जारी गर्दै ‘भारतका विभिन्न ठाउँमा रहेका नेपाली महाकालीपारी सयौंको संख्यामा पुगेर दार्चुला प्रवेश गर्न चाहदाउत्पन्न जटिलताको ब्यवहारीक हलखोज्न म सरकारलाई आग्रह गर्दछु । ‘ भनेर सुझाबदिएका छन । विपदको घडीमा भावनात्मक प्रकारले सोचेर मौजुदा गम्भीर परिस्थितिको सामनागर्न सकिदैन । हामीले भावनात्मक प्रकारले सोच्ने हो भने न त लक डाउनके पालना हुन सकदछ । न त समाजीक दुरी कायम राख्न सकदछौं । न त भारत र चीनसंग नाकालाई बन्द गरेर मान्छेहरुको आवतजावतलाई नियन्त्रण गर्न सकदछौ ।त्यसको अन्तिम परिणाम यो हुने छ कि , कोरोना भाईरस बाट देशले ठूलो क्षतीब्यहोर्नु पर्ने छ । इटाली भन्दागम्भीर अवस्थाम देश पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement