यस्तो छ मोदी–सी बीचको अनौपचारिक भेटवार्ताको सन्देश !


विश्वको दुई शक्तिाशाली राष्ट्र चीन र भारतका प्रमुख भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी जिन पिङबीचको अनौपचारीक भेटवार्ता सकिएको छ । अन्तर्राष्ट्रिय महत्व राखेको दुई राष्ट्र प्रमुखको भेट यतिबेला चर्चाको विषय बनेको छ । अप्रिल २७ तारिखदेखि २८ सम्म चीनको वुहान प्रान्तमा भएको अनौपचारिक वार्ताले के सन्देश दियो ?

दुई दिने अनौपचारिक भेटवार्तामा चीन र भारतबीच पछिल्लो केही वर्षमा भएको तानातानीको स्थितिलाई लिएर कयौ मुद्धामा छलफल भएका छन् । चीन र भारत दुवै ठूला विकासोन्मुख मुलुक हुनुका साथै मुख्य उदियमान अर्थतन्त्र बोकेका राष्ट्र हुन् । यस हिसावले प्रधामन्त्री मोदीले आफ्नो भ्रमणको बारेमा आफ्नो ट्वीटर एकाउण्टमा वार्तामा भारत चीनबीच सहयोगको विभिन्न क्षेत्रमा आफ्नो छलफल केन्द्रित भएको बताएका थिए । उनले चीनिया राष्ट्रपति सी को खुलेर प्रसंशा पनि गरे । यसले दुई राष्ट्रविचको सम्बन्धमा नयाँ आयाम थपेको देख्न सकिन्छ ।

दुवैसँग व्यापक राष्ट्रिय बजार भएकाले आपसमा पूरक हुनुका साथै दुवैमा सहयोगकात्मक निहित शक्ति पनि ठूलो छ । दुई राष्ट्रलाई एकअर्काको सहयोगी हुन अहिलेको आवश्यकता देखिएको छ । दुई राष्ट्रध्यक्षबीच पनि यही विषयमा छलफल भएको छ । चीनीया राष्ट्रपति सी जिन पिङले पनि पछिल्लो केही वर्षमा भारत चीन बिचको सम्बन्ध मजवुत हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा दुई देशविच सहकार्य र सहयोग रणनीतिमा अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताएका थिए ।

मोदीले कृषि, प्रविधि, उर्जा र पर्यटनको विषयमा दुई राष्ट्रको चासो रहेको र यही विषयमा व्यापक छलफल भएको उल्लेख गरेका थिए ।
भारत र चीनबीचको विवाद गम्भिर मुद्धा बन्दै आएको छ । सन् १९६२ मा दुई देशबीच युद्ध पनि भइसकेको छ । अघिल्लो वर्ष भारत–चीन सीमामा भुटानको डोकलाम विवादमा ७३ दिनसम्म दुई राष्ट्रबीच गतिरोध बनेको थियो ।

दुई राष्ट्रप्रमुखबीचको यो भेटवार्तामा डोकलाम विषयमा पनि चर्चा भएको छ । र उनीहरुले सन् २०१७ मा डोकलाम मुद्धामा उत्पन्न भएको सैनिक गतिरोधलाई अन्त्य गर्न दुई नेतृत्वले आफ्नो आफ्नो सेनालाई रणनीतिक मागदर्शन गर्ने निर्णय पनि गरिसकेका छन् ।
समाचार एजेन्सी पीटीआईले विदेश सचिव विजय गोखलेलाई उद्धृत गर्दै भारत–चीन सिमामा शान्ति र सुरक्षा बनाइ राख्नुपर्ने कुरा महत्वपुर्ण भएको दुई शिर्ष नेताले स्वीकार गरेको जनाएको छ ।

दुई नेताले सिमा विवादलाई कम गर्न र शान्ति सुरक्षा कायम गर्न आफ्नो आफ्नो सेनालाई आदेश दिने निर्णय लिएका छन् जसले दुई देशबचि विश्वाश र भरोसा कायम गर्ने बाटो देखिएको छ । वार्तामा दुई देशविच महत्वपुर्ण निर्णयको संकेत पनि देखिएको छ । दुई देशबिच अफगानिस्तानमा संयुक्त आर्थिक परियोजनामा सहमति जनाइएको छ । रणनीतिको हिसावले यो आर्थिक परियोजना भारतको लागि महत्वपुर्ण प्रमाणित हुन सक्छ । किनकी चीनको अफगानिस्तानमा आर्थिक सहयोगले पाकिस्तानमाथि दवाव पर्न सक्छ । भारत र पाकिस्तानबी सिमा, धर्मलाई लिएर सधैं विवाद छ । यसकारण चीनको यस्तो कदमले भारत पक्कै खुसी भएको छ ।

अफगानिस्तानमा चीनले संयुक्त परियोजना गर्दा पाकिस्तालाई चुनौतीको संकेत मिलेको छ । यस संकेतले अमेरिकालाई पनि चीनले चुनौती दिएको छ ।

जब भारत, चीन र अफगानिस्तान संयुक्त आर्थिक परियोजनामा काम गर्ने योजना बनाइरहेका छन् भने यसले चीन र पाकिस्तानबीचको सम्बन्धमा केही ठेस पुग्ने देखिन्छ । यसअघि चीनले पाकिस्तानसँग पनि सन्तुलित सम्बन्ध कायम गर्दै आएको छ ।
नआए चीनको वन वेल्ट वन रोड परियोजना अन्र्तगत कश्मिर हुँदै चीन–पाकिस्तान आर्थिक कोरिडर निर्माण गर्ने विषयले भारतसँग सम्बन्धमा चिसोपन थपिएको थियो । अब भारत र पाकिस्तानबीच सम्बन्धमा केही सुधार नआए यो परियोजना अलपत्र पर्न सक्छ ।
तर वन वेल्ट वन रोड परियोजना सफल पार्न भारत र पाकिस्तानबीच सम्बन्ध सुधार्न चीनले सुरुवाती कदम चाल्न सक्छ । यदी यसो भए यो सफल कुटनीति हुन जान्छ ।

यसो त भारतसँग चीनको सम्बन्ध सुर्धनु चीनको लागि निकै फाइदामुलक हुनेछ । किनकी चीनको शक्ति राष्ट्र अमेरिकासँगको सम्बन्ध विग्रिएको छ । दुई शक्तिशाली राष्ट्रबीचको अनौपचारिक वार्ताले शक्ति राष्ट्रबीचको बढ्दो तानातानी र शक्क्ति राष्ट्र बन्ने होडमा केही न्यानोपन थपिएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस
Advertisement