पर्यटनमन्त्री किराती र युवराज अधिकारीको झुटको पर्दाफास : कर्मचारी संचय कोषद्धारा ऋण नतिरेको गुनासो


काठमाण्डु – नेपाल एयरलाइन्सले ऋण तिरेको समाचारेमाथि प्रश्न चिन्ह् खडा भएको छ । नेपाल एयरलाइन्सलाई चार वटा जहाज किन्न ऋण दिने कर्मचारी संचय कोषले उसको दावीलाई झुटो भएको जनाएको हो ।

नेपाल एयरलाइन्सले विज्ञप्ति नै निकालेर झण्डै ३ अर्ब रुपैया ऋण तिरेको दावी गरेको थियो । पर्यटमन्त्री सुदन किराती र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले एयरलाइन्सले ऋण तिरेको भन्दै त्यसलाई उपलव्धीका रुपमा प्रचार प्रसार व्यापक गरेपनि कोषका अधिकारीहरु भने उक्त समाचार पढेर आश्र्चय चकित भएका हुन् ।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले आर्थिक वर्ष २०७९, ८० मा सावां र ब्याज गरी ३ अर्ब ७७ करोड ३७ लाख रुपैयां ऋण भुक्तानी गरेको दावी गरेका थिए । तर, कोषका प्रशासक जीतेन्द्र धितालले आफुहरुसंगको छलफलमा ऋण तिर्न नसक्ने बताउने गरेपनि बाहिर प्रचार हेरेर आफुलाई अचम्म लागेको बताएका छन् । उनले यो अवस्थामा थप ऋण दिन नसकिने समेत स्पष्ट पारेका छन् ।

पर्यटनमन्त्री किराती र नेपाल एयरलायन्सका कार्यकारी अध्यक्ष अधिकारीले नयां जहाज खरिदको माहोल बनाउन निगमले राम्रो गरिरहेको देखाउन प्रयासरत छन् । तर,एयरलाइन्स व्यवस्थापनको असक्षमताले निगमको अवस्था भने दिनानुदिन कमजोर बन्दै गएको छ । कतिपयले नेपाल एयरलाइन्सलाई जतिसक्दो चांडा निजीकरण गर्नुपर्ने धारणाहरु राखिरहेका छन् ।

नेपाल एयरलाइन्सका भएका जहाजहरु समेत समयमा मर्मत नहुंदा नियमित उडानहरु समेत प्रभावित भइरहेका छन् । जसले गर्दा निगमको विश्वसनियतामाथि समेत प्रश्न उठ्दै आएको छ । तर, पर्यटनमन्त्री भने सस्तो लोकप्रियताको लागि प्रचारबाजीमा लागेका छन् ।

निगमका कार्यकारी अध्यक्ष अधिकारी समेत अदालतको स्टे अर्डरको भरमा कूर्चीमा टिकिरहेका छन् । उनको कार्यसम्पादन कमजोर भएको भन्दै विकल्प खोज्नेमा छलफल भएपनि अहिले मन्त्री र अधिकारीको मिलन भएको स्रोत बताउंछ ।

कर्मचारी संचय कोषले ३ वटा जहाज खरिदको ऋणको किस्ता र सावां समेत नतिरेको जनाएको छ । निगमलाई कोषले २२ ऋण उपलब्ध गराएको थियो । तर, सावां र व्याज दुवै नतिर्दा अहिले ऋण बढेर २९ अर्ब पुगिसकेको छ ।

कोषका प्रशासक धितालले मन्त्री र कार्यकारी निर्देशकको भनाईको खण्डन गरेका छन् । उनले निगमले अहिलेसम्म ३ पटक मात्र ऋण तिरेको र नियमित रुपमा किस्ता समेत नतिरेको आरोप लगाएका छन् । धितालले निगममा पारदर्शीताको समस्या भएको भन्दै अहिलेको अहिलेको अवस्थामा उसलाई थप ऋण दिन नसकिने स्पष्ट पारेका छन् ।

महालेखाले समेत यसमा पटक पटक प्रश्न उठाएको उनको भनाई छ । कर्मचारी संचय कोषले निमगलाई न्यारोबडी जहाज खरिदका लागि थप १० अर्ब ऋण दिएको थियो । त्यसको समेत दुवै रकम नआएको कोषको गुनासो छ ।

निगमलाई नागरिक लगानी कोषले समेत १२ अर्ब ऋण दिएको छ । पर्यटनमन्त्री किराती र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष अधिकारीले नयां जहाजको खरिद प्रक्रिया अघि बढाएका छन् । दुवैले नयां जहाज खरिदको लागि रकम अभाव नभएको दावी समेत बेला बेलामा गर्दै आएका छन् । तर, अहिलेसम्म त्यसको स्रोत व्यवस्थापन भने कहांबाट हुन्छ भन्ने स्पष्ट देखिएको छैन् ।

निगमले आन्तरिकमा ३ वटा ट्विनटर विमान र २ वटा एटिआर खरिद गर्ने तयारी गरेको छ । त्यसका लागि निगमका बोर्ड सदस्य सुधिर राईको संयोजकत्वमा समिति समेत बनिसकेको छ । आन्तरिक उडानमा विमान थपेपछि सेवा बिस्तार हुने निगमले दावी गरेपनि अन्र्तराष्ट्रिय उडानको अवस्था नै अस्तव्यस्त रहेको छ ।

निगमको अहिलेसम्म ४७ अर्बभन्दा बढी ऋण छ । उक्त रकम नतिरी नयां जहाज खरिदमा पर्यटनमन्त्री र निगम नेतृत्वको रुची देखिएपछि ऋण प्रभाव गर्ने संस्थाका अधिकारीहरुले त्यसमा चांसो राखेका हुन् । उनिहरुले यसअघि सरकारको आग्रहमा ऋण दिएपनि अव सरकारले आग्रह गरेपनि त्यसो अवस्था नभएको र अहिलेको नेपाल एयरलाइन्सको अवस्थालाई हेरेर ऋण दिन नसकिने स्पष्ट पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement