ताइवानमा नयाँ राष्ट्रपतिको सपथसँगै चीनको सैन्याभ्यास


काठमाण्डु–ताइवानमा नयाँ राष्ट्रपति विलियम लाई शपथ ग्रहणसँगै ताइवान आसपासमा चीनले सैन्य अभ्यास सुरु गरेको छ ।

यो युद्धाभ्यासले दुई देशबीच खास मुद्दो ताइवानमाथि चीनको दाबी रहेको कुरालाई पुष्टि गर्छ ।

ताइवान चीनबाट अलग भएपनि उसलाई चीनले सदैव एक प्रान्त कै रूपमा हेर्दै आएको छ । भविष्यमा सम्पूर्ण ताइवान चीनको भाग बन्ने विश्वास उसको छ । यसका लागि बल प्रयोग गर्नुपर्नेमा चीनले अस्वीकार गर्दैन ।

तर अधिकांश ताइवानीे छुट्टै राष्ट्रको रूपमा ताइवानलाई हेर्दै आएका छन् । तर केही ताइवानी यथास्थितिको पक्षमा छन् । अर्थात् उनीहरूको मान्यता के छ भने ताइवान चीनबाट अलग भएर स्वतन्त्रताको घोषणा पनि नगरोस् र न त चीनसँगै रहोस् ।

ताइवानी इतिहासअनुसार यहाँका पहिला ज्ञात निवासी अस्ट्रोनिशयन आदिवासीहरू थिए । यिनीहरू दक्षिण चीनबाट आएको मान्निछ ।

इस्वी २३९मा पहिलो पटक चीनमा ताइवानको चर्चा भएको पाइन्छ । यो तथ्य प्रकाशमा आएदेखि नै चीनले ताइवानमाथि आफनो दाबी गर्दै आइरहेको छ ।

केही समयसम्म डचको उपनिवेश रहे पछि ताइवानमा चीनका चिंग राजवंशको शासन रह्यो । त्यस पश्चात् जापानसँग हार पछि ताइवान जापानको एउटा भाग बन्न पुग्यो ।

दोस्रो विश्व युद्धमा जापानको हार भयो र चीनको कब्जामा रहेको भाग जापानले छोडनु परेको थियो । त्यसपछि नै ताइवानलाई
आधिकारिक रूपमा रिपब्लिक अफ चीन (आरओसी) को भाग मानियो । चीनले आफना सहयोगी देशहरू अमेरिका र बेलायतको सहमतिमा ताइवानमाथि शासन सुरू गर्‍यो ।

चीनका राष्ट्रवादी कमिंगतांग पार्टीका चांग काई शेक, उनका पार्टीका कार्यकर्ता र समर्थकसहित कÞरीब १५ लाख व्यक्ति १९४९ मा चीन छाडेर ताइवान पुगे ।

चांगले ताइवानमा तानाशाही शासन शुरू गरे र १९८० सम्म उनको प्रभुत्व रह्यो । चांगको मृत्युपछि ताइवानमा लोकतन्त्रका लागि माहोल बन्यो भने १९९६ मा पहिलो पटक आम निर्वाचन भयो ।

एक स्वतन्त्र राष्ट्रको रूपमा ताइवानको अवस्थितिका विषयमा विश्व अहिले पनि विभाजित छ ।

यद्यपी ताइवानको आफनै संविधान छ, लोकतान्त्रिक रूपमा चुनिएको शासन छ र करिब ३ लाख सक्रिय सेना पनि छ ।

कतिपय पश्चिमी देशहरूले ताइवानलाई एकमात्र चिनियाँ सरकारको रूपमा मान्यता दिएको छ ।

तर सन् १९७० को दशकमा कतिपय देशले के तर्क गरे भने ताइवानको सरकारलाई चीनमा रहने जनताको वास्तविक प्रतिनिधि मान्न सकिदैन ।
सन् १९८० को दशकमा जब ताइवानले चीन आउन जान र लगानीसँग सम्बन्धि नियममा नरम भए, त्यसपछि दुई देशको सम्बन्धमा सुधार भएको थियो ।

सन् २०००मा चेन श्वाय बियान ताइवानका राष्ट्रपति निर्वाचित भए। जसले खुलेरै चीनविरुद्ध उत्रिए । चेन र उनको दल डेमोक्रेटिक प्रोग्रेसिव पार्टी (डीपीपी) ले ताइवानको स्वतन्त्रतालाई पुरै समर्थन गरेको थियो ।

अहिले के भएको हो ?

बिहीबार चीनको तर्फबाट भएको युद्धाभ्यासमा विलियम लाईकोे कार्यकालको पहिलो हप्ता नै थियो । चीनले उनको शपथलाई पृथकतावादी गतिविधि भनेको छ । साथै राष्ट्रपति लाईलाई अहिले सम्मकै नराम्रो राष्ट्रपति भनेर टिप्पणी पनि गरेको छ ।

ताइवानमा भएको नयाँ राष्ट्रपतिको चयनले अमेरिका–चीनको सम्बन्धलाई नयाँ दिशा तय गर्छ । जीत जसको भए पनि यसको सिधा असर अमेरिका, चीन र ताइवानको सम्बन्धमा अवश्य नै पर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement