भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता


काठमाण्डु-प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चस्मा, औषधी खर्च तथा अन्य सेवाहरूमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख ब्यापार केन्द्र अधिकृत बद्रि कुमार कटवालले समझदारीमा हस्ताक्षर गरेका हुन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिले निरन्तर स्तरीय आँखा सम्बन्धि स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिककालागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लिमा परामर्श तथा उपचार सेवाहरूमा १००० देखि १५०० सम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरूको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत् करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement