नयां गर्भनरमा अधिकारी : जसलाई आकर्षक पदले सधै कुरिरह्यो


काठमाडौं– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीको सपथ मंगलवार हुने भएको छ । सरकारले सोमबार उनलाई गर्भनरमा नियुक्त गरेको थियो । अधिकारीलाई अर्थमन्त्रालयले सोमबार नै नियुक्ति पत्र दिइसकेको छ । अधिकारीको सपथ मंगलवार ११ बजेको लागी तोकिएको छ ।

यसअघि लगानी बोर्डका सिईयो रहेका गर्भनर अधिकारीलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालेसपथ दिलाउने छन् । पांच वर्षका लागी नियुक्त भएका अधिकारी यसअघि राष्ट्र बैकमा नै डेपुटी गभर्नरका रुपमा काम गरेका थिए । डेपुटी गर्भनर हुंदा नै अधिकारी गर्भनरको लाईनमा रहेपनि अहिले आएर उनको चाहना पुरा भएको हो ।

अधिकारीसंगै अर्थमन्त्री नेतृत्वको गभर्नर छनौट समितिले  पूर्व सचिव केशब भट्टराई र कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो । तर, अन्तिममा सत्तासंग सधै निकट रहेका अधिकारी नै सरकारको रोजाईमा पर्न सफल भएका हुन् ।

खोटांग घर भएका उनले नेपालमा स्नातक सकिएपछि भारतमा गएर ४ वर्ष चार्टर्ड एकाउन्टेन्सी अध्ययन गरेर सन् १९९३ उनी नेपाल फर्किएका थिए । उनको शैक्षिक योग्यताको वारेमा विवाद भएपनि सरकारले उनलाई १७ औ गर्भनरको रुपमा नियुक्ती दिइसकेको छ ।

अधिकारीले १९९४ मा नेपाल राष्ट्र बैंकमा उपनिर्देशक स्तरबाट सेवा सुरु गरेका थिए । पछि उनी नेपाल राष्ट्र बैंकमा उपनिर्देशक, निर्देशक, कार्यकारी निर्देशक र ५ वर्ष डेपुटी गभर्नर हुंदै राष्ट्र बैंकबाट बाहिरिएका थिए । यसअघिका गर्भनर चिरिन्जीवी नेपाल तत्कालिन प्रधानमन्त्री शुसिल कोइरालासंग निकट भएकै कारण गर्भनर बनाइएपछि अधिकारीलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाइएको थियो ।

तत्कालिन एमालेले अधिकारीलाई जहिले आकर्षक ठाउं दिईरहयो । त्यो क्रम नेकपा हुंदा पनि जारी छ । उनि कार्यक्षमताका हिसावले विवादमा आएका छैनन् । सरल स्वभावका अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीसंग निकट छन् । प्रधानमन्त्रीले उनलाई धेरै नै रुचाएका कारण उनको गभर्नर बन्ने बाटो सहज भएको हो ।

कोरोना भाइरसका कारण देश लकडाउनबाट गुज्रिरहेको बेला उनको नियुक्ती भएको छ । कोरोनाको कारण विश्व नै आर्थीक संकटबाट गुज्रिरहेको बेला लगानीकर्ताको मनोविज्ञान अहिले विश्वभर नै कमजोर छ । यो अवस्थामा उनको नियुक्ती हुनुले पनि अधिकारीका अगाडी धेरै चुनौती छन् । नयां गर्भनरका लागी देशको अर्थतन्त्रको ज्ञान र राष्ट्र बैंकको जिम्मेवारी नौलो नभएपनि अवस्था चुनौती पनि ठुलै छ । अधिकारीले अर्थतन्त्रको सम्भावित क्षतीलाई कम गरेर लगानीकर्ताको मनोवल कसरी उठाउछन् त्यो भने हेर्न बांकी छ ।

पछिल्लो समय केन्द्रिय बैंकको भूमिका कमजोर भइरहेको बेला उनको राष्ट्र बैंकमा प्रवेश भएको छ । यो अवस्थाको बैंकको पूर्वाधार निर्माणदेखी प्रविधिको क्षेत्रमा उनले कसरी काम गर्छन यो भन्ने भविष्यले नै बताउंला ।

प्रतिक्रिया दिनुहोस
Advertisement