नवरात्रको सातौंदिन : फूलपाती अर्थात् कालरात्री


काठमाडौं – नवरात्रको सातौंदिन महाशक्ति माता दूर्गाको सातौं स्वरुप कालरात्रिको पूजा गरिन्छ। यो व्श्विास गरिन्छ कि माता कालरात्रिको पूजा गर्दा कालको नाश हुन्छ। यसै कारणले यिनको नाम पनि कालरात्रि राखिएको हो।

आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भनिन्छ । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ । देवी कालरात्रीको पूजा आरधना गरी सप्तमी तिथि मनाइन्छ । यस दिनलाई फूलपाती भित्र्याउने दिनका रुपमा मनाइन्छ ।

असुरहरुका राजा रक्तवीजको वध गर्नको लागि देवी दूर्गाले तेजले यी देवीलाई उत्पन्न गरेकी हुन्। यिनको पूजा शुभ फलदायी हुने भएकोले यिनलाई शुभंकारी पनि भनिन्छ। यस दिन साधकका मन सहस्रार चक्रमा स्थित रहेको हुन्छ। यसको लागि ब्रह्माण्डको समस्त सिद्धिकाद्वार खुल्न लाग्दछ भनिन्छ। माता कालरात्रिको स्वरुप देख्नमा अत्यन्त भयानक मानिन्छ। तरपनि यिनी सदैव शुभफल दिनेवाली देवी मानिन्छ।

यिनको स्वरुपबाट पनि के थाहा हुन्छ भने नराम्रा र भयानक देखिने मानिस पनि दयालु र भित्रीरुपमा राम्रा हुन्छन्। कालरात्रीको पूजा उपासना गर्ने विधि पनि फरक-फरक छन् । आजका दिन साधका मन सहस्र चक्रमा स्थिर हुने र ब्रह्माण्डका समस्त ढोका खुल्छन् भन्ने मान्यता छ । देवीले कालरात्रीको रुप लिएर सबै असूर शक्तिमाथि बिजय प्राप्त गरेको दिनका रुपमा यस दिनलाई लिइन्छ । कालरात्रीमा देवीलाई कतिपयले बली दिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement