बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो,झाँक्री पक्राउ


मोरङ – मोरङको बूढीगंगा गाउँपालिका–७ मा एक महिलामाथि बोक्सीको आरोपमा दुर्व्यहार गरिएको छ ।

बोक्सीको आरोपमा छिमेकी ५५ वर्षीय महिलालाई मलमूत्र खुवाएको आरोपमा बूढीगंगा–७ की ५० वर्षीया पारो माझी पक्राउ परेकी छिन् । बिहीबार दिउँसो भएको सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकी माझी गाउँकी धामी हुन् ।

५५ वर्षीया महिलालाई कुटपिट गर्दै उनलाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको जिल्ला प्रहरी कनर्यालय मोरङले बताएको छ । घटनामा संलग्न आरोपमा धामी झाँक्रीको काम गर्दे आएकी पारो माझी पक्राउ परेकी छन् । माझीको घरबाट हराएको दियो चोरेको ती वृद्धमाथि आरोप लगाइएको छ ।

जिप्रका मोरङका अनुसार माझीले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्दै महिलालाई यातना दिएर मलमूत्र खुवाएकी थिइन् । प्रहरीका अनुसार माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । उक्त दियो चोरी गरेको महिलामाथि आरोप लगाइएको हो । माझीले जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेर लगेको भन्दै मलमूत्र खुवाएको स्वीकारेकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement