अझै हटेन बझाङमा छाउपडी प्रथा, कुप्रथाबाट प्रताडित छन रजस्वला भएका महिला


टेकेन्द्र बोहरा

बझाङ – परम्परागत सोचमा परिवर्तन आउन नसक्दा बझाङमा अझै छाउपडी प्रथाले प्रश्रय पाउँदै आएको छ । रजस्वला भएका महिलालाई अलग्गै गोठमा राख्ने चलनले अझै निरन्तता पाउँदै आएको छ ।

समाजमा महिलालाई हेर्ने सकारात्मक सोचको विकास नहुनु नै परम्परादेखि चल्दै आएको ‘प्रथालाई महिलाले नै छाड्न सकेका छैनन् । महिनाबारी भएको समयमा घरपरिवारमा छोइहालेमा घरमा अनिष्ट हुने, देवीदेवता रिसाउँछन, पाप लाग्छ भन्नेजस्ता रुढीबादी र अन्धविश्वासबाट महिला प्रताडनामा पर्ने गरेका छन् ।

छाउपडी प्रथा बझाङका अधिकांस ग्रामीण भेगमा अहिले पनि यथावत अवस्थामा छ । केही ग्रामीण बस्तिहरुमा छाउपडी प्रथा क्रमिक रुपमा कम हुँदै गएको भए पनि बझाङकै जयपृथ्वी नगरपालीका वडा नं ११ मा रहेका धामीलेख,पिठालेखमा भने यो प्रथाले जडो गाडेकै अवस्थामा रहेकोछ । छाउपडी प्रथा विरुद्ध बझाङमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यलयहरुले अभियान संचालन गरेको भए अभियान सफल हुन नसकेको सरोकारबालाहरु बताउंछन । ९५ घरपरिवार बसोबास गर्ने यस वडामा छाँउ गोठहरु २० भन्दाबढी रहेको स्थानीय शिद्धराज जोशीले बताए ।

अहिलेसम्म पनि यस गाउँका सबै स्थानीय महिलाहरु छाउ (रजस्वला) भएका बेलामा र सुत्केरी भएका बेलामा छाउ गोठमा नै बस्न महिनाबारी वा सुत्केरी भएको समयमा घरमा प्रवेश गर्न नहुने अन्धविश्वासका कारण घरभन्दा टाढा रहेको गोठमा बस्ने गर्दछन् । त्यहाँ महिला पूरैभित्र सुत्न नसक्ने, ढोका नभएको छाप्रो हुने गरेको स्थानीय निर्मला जोशिले बताइन् ।

आफूले छाउगोठ भत्तकाउंन र छाउगोठमा बस्न नहुने भने गाँउका धेरै जस्तो सर्व साधारणहरुलाई बुझाए पनि यो छाउपडी भएका बेला घरभित्र नपस्न नदिने, घरभित्रको काम गर्न नदिने, दूध दहीजस्ता पोषणयुक्त खानेकुरा खान नदिनेजस्ता अमानवीय व्यवहार गर्ने गरिन्छ उनले भने, “आराम गर्नुपर्ने बेला गह्रुंगो भारी बोक्न लगाउने तथा पोषणयुक्त खानेकुराबाट वञ्चित गरिन्छ ।” यहाँको समाजमा छाउपडी प्रथा ठूलो समस्याका रुपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्नका लागि सहकार्यको आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement