नबिल बैंकले हुवावेसँग गर्‍यो रणनैतिक सहयोग सम्झौतामा हस्ताक्षर


काठमाडौैं– नबिल बैंकले बुधवार ललितपुरमा ह्वावेसँग रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र ह्वावे टेक्नलोजीज् नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले नबिल बैंकका लागि क्लाउड डिजिटलकरण सेवाको बारेमा छलफल गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

वित्त सेवा व्यापार शाखा, ह्वावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएका थिए ।  कार्यक्रममा दुबै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता समेत जनाए ।

ह्वावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पु¥याउने सम्झौतामा उल्लेख छ । नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह र इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापनमा सहयोग पु¥याउने सम्झौता भएको ह्वावले जनाएको छ ।

सम्झौतमा नबिल बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुनेछ र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले “एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर”भन्ने नारालाई समेत पूरा गर्नेछ । यस रूपान्तरण मार्गमा ह्वावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्ने जनाएको छ ।

ह्वावेले नबिल बैंकलाई अत्याधुनिक टेक्नोलोजी प्रदान गर्न प्रतिबद्ध रहेको दावी गरेको छ । जसबाट नेपाली जनतालाई नवीन वित्तीय डिजिटल सेवा अनुभव गराउन सक्षम बनाउने अपेक्षा गरिएको छ ।  नबिल बैंकका प्रमुख कार्याकारी अधिकृत अनिल शाहले ह्वावे जस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा खुसी व्यक्त गरे ।

उनले यो साझेदारीले बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण हुने बताए । उनले भने ‘विश्वमा विभिन्न उद्योगको डिजिटल रूपान्तरणमा ह्वावेको व्यापक अनुभव छ। हामीमीच भएको सम्झौताले बैंकलाई साँच्चिकै एक डिजिटल बैंक बनाउन सहयोग गर्नेछ ।’

नबिल बैंक डिजिटल रूपान्तरणका प्रकृयाद्वारा नेपाली नागरिकलाई ठूलो मूल्य सिर्जना गर्ने र उत्कृष्ट ग्राहक अनुभवहरूमा केन्द्रित भई अभूतपूर्व बेंचमार्क  सेट गर्ने एउटा अग्रणी डिजिटल बैंक बन्ने तर्फ लक्षित भएको हुँदा उहालाई दृढ विश्वास छ कि रणनैतिक साझेदारी एउटा सिक्ने अवसर हुनेछ र अतुलनीय ग्राहक सेवा र अनुभव प्रदान गर्ने सबैभन्दा उन्नत डिजिटल टेक्नोलोजी हुनेछ ।

विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनी, ह्वावेसँग यस उद्योगमा ३० बर्ष भन्दा बढीको अनुभव छ । उक्त अनुभवको उपयोग गरेर ह्वावेले एसिया प्यासिफिक, युरोप, ल्याटिन अमेरिका र मध्यपूर्व जस्ता विश्वव्यापी बजारमा वित्तीय संस्थामा सफलता हासिल गरेको छ ।

ह्वावेको वित्त क्षेत्रमा रणनैतिक साझेदारका रूपमा छनौट हुनुको सबैभन्दा ठूला कारण ईटुई समाधान (End to end solution) प्रदान गर्ने क्षमता र १७० मुलुकहरुमा पुगेको स्थानीय सेवा रहेको छ । ह्वावेले वित्तीय संस्थाहरूलाई समावेशी वित्त,डाटा संचालित आविष्कारी सेवा र खुला बैंकिङ्ग, पूर्ण कनेक्टिभिटी र उनीहरूको ग्लोबल साझेदारहरू(Global partners) को साथ सेवा गतिशीलता कार्यान्वयनमा डिजिटल रूपान्तरण हासिल गर्नमा मद्दत गर्दछ । हाल ह्वावेले विश्वभर १६०० भन्दा बढी वित्तीय ग्राहकहरुलाई सेवा पु¥याएको छ जसमा ४५ वटा संसारको शीर्ष १०० बैंकहरु मध्य पर्दछ ।

‘ह्वावे नबिल बैंकलाई डिजिटल रूपान्तरणमा सहयोग पु¥याउन प्रतिबद्ध छ र नेपालमा हाम्रो स्थानीय टिमले नबिल बैंकसँग पूर्ण सहयोगका साथ कार्य गर्नेछ । नबिल बैंकसँगको सम्झौतापत्र हस्ताक्षरले सम्पूर्ण नेपालभर डिजिटल समाधान प्रदान गर्ने लक्ष्यतर्फ थप कदम चालेको संकेत गर्दछ ।’ ह्वावे इन्टरप्राइज (बीजी) का वित्त सेवा व्यवसाय शाखाका अध्यक्ष चाओ चोंगले भने ।

डिजिटल क्लाउडलाई विकास गर्ने कम्पनीको निरन्तर प्रयास पूरा गर्न ह्वावे नेपालले जनवरी २०२० देखि क्लाउड र आर्टिफिसियल इन्टेलिजेन्स स्थानीय संगठन स्थापना गरेको छ । जसले सम्बन्धित सेवाहरू केवल स्थानीय सरकार, उद्यम र वाहकहरूप्रति समर्पित गर्दछ ।

नेपालको इन्टरप्राइज आईटी सेवाको भर्खरको अध्ययनका अनुसार ११ उद्योग मध्ये ७४५ (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्य खुद्रा, ईकमर्स, र आदि) ले उपकरणको उच्च लगानी घटाउन, जटिल मर्मत सम्भारबाट जोगिन र विश्वसनीय सेवा सुनिश्चित गर्न क्लाउड सेवालाई आईटी सेवा डिजिटलकरणका लागि छनौट गरेका छन् ।

नबिल बैंकको प्रविधिमा आधारित रुपान्तरण यात्राको परिचय
नबिल बैंक, वि.सं. २०४१ सालमा स्थापित नेपालको पहिलो संयुक्त लगानी (Joint Venture)बैंक हो । विगत ३६ वर्ष देखि यस बैंकले नेपाली ग्राहकवर्गलाई अनवरत बैंकिङ सेवा प्रदान गर्दै, इन्टरनेट बैंकिङ सेवा, डेविट÷क्रेडिट कार्ड र मर्चेन्ट सेवा, विद्युतीय भुक्तानी सेवाहरु, अटोमेटेड टेलर मशीन (ATM) चौबिसै घण्टा सञ्चालित ग्राहक सेवा केन्द्र, विद्युतीय विप्रेषण (electronic remmitance)लगायतका आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

यही २०७७ आषाढ २८ गते, ३७ औं वर्षमा प्रवेश गर्दै गर्दा नबिल बैंकले अत्याधुनिक सूचना प्रविधिको उपयोगबाट उत्कृष्ट ग्राहक सेवाका मानकहरु पुनः परिभाषित गर्दै नेपाली समाजलाई उच्चस्तरीय सेवा अनुभूति गराउने अठोट गरेको छ । बैंकले आफ्नो ग्राहक सेवा सञ्चालन प्रणाली तथा पद्दत्तिको सूक्ष्म अध्ययन पश्चात विज्ञसमूहको सुझावका आधारमा सूचना प्रविधि आधारित व्यवसायिक रुपान्तरणको यात्रा सुरु गरेको छ ।

हुवावेबारे
१९८७ मा स्थापना भएको हुवावे सूचना र सञ्चार टेक्नोलोजी (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी ग्लोबल प्रदायक हो । हुवावेले प्रत्येक व्यक्ति, घर र संगठनको लागि पूर्ण रुपमा जडित बौद्धिक संसारको लागि डिजिटल ल्याउन प्रतिबद्ध रहेको जनाएको छ । हुवावेको उत्पादनहरूको एन्ड टु एन्ड पोर्टफोलियो, समाधान र सेवाहरू दुबै प्रतिस्पर्धी र सुरक्षित छन् ।

इकोसिस्टम साझेदारहरूको साथ खुला सहयोगको माध्यमबाट ग्राहकहरूको लागि स्थायी मूल्य सिर्जना गर्न सशक्तिकरण, गृह जीवनलाई समृद्ध बनाउन र सबै आकृतिहरू र आकारहरूका संगठनहरूमा नवीनतालाई प्रेरणा दिने कार्य पनि यसले गर्दै आएको दावी गरेको छ । हुवावेमा नवीनताले ग्राहकलाई पहिले श्रेणीमा राख्दछ ।

हुवावेले विश्वलाई अगाडि बढाउने टेक्नोलोजिकल सफलताहरूलाई ध्यानमा राखि मौलिक अनुसन्धानमा ठूलो लगानी गरेको छ । हुवावेसंग लगभग १९४,००० कर्मचारीहरू छन् र १७० भन्दा बढी देशहरू र क्षेत्रहरूमा कार्यरत भएर विश्वभर तीन अर्ब भन्दा बढी जनताको सेवा यसले गरिरहेको छ ।

१९८७ मा स्थापना भएको हुवावे एउटा निजी कम्पनी हो जुन यसका कामदारहरूको स्वामित्वमा छ । अधिक जानकारीका लागि कृपया हुवावे अनलाइन भिजिट गर्नुहोस् ।

हुवावे नेपाल बारेः
ह्वावे नेपाल २१ वर्षदेखि नेपाल आईसीटी उद्योगमा सेवा गर्दै आएको छ । १९९९ देखि ह्वावेले 2G/3G/4G टेक्नोलोजी र समाधान नेपाल ल्यायो, टेलिकम अपरेटरहरूलाई छिटो सञ्चार नेटवर्क परिचालन गर्न मद्दत पुर्यायो, दुर्गम क्षेत्र सहित, दूरसञ्चार सेवाको गुणस्तर बढाउँदै डिजिटल नेपालू को जग निर्माण ग¥यो । नेपालका २८ करोड भन्दा बढी जनसंख्याले ह्वावेको समाधानबाट फाइदा पाइरहेका छन् ।

स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २१ बर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,०००ं रोजगारी सिर्जना गरेको छ । २०१५ मा ह्वावेले नेपाल सरकार र टेलिकम अपरेटरहरूलाई भूकम्पपछि नेटवर्क पुनः सुधार गर्न मद्दत प¥याएको थियो, टेलिकम्युनिकेसन सहज बनाएर प्रकोप उद्धारमा ठूलो योगदान पुर्‍याएको थियो ।

ह्वावेले टेलिकम अपरेटरहरूलाई एभरेष्ट बेस क्याम्पमा वायरलेस बेस स्टेसन निर्माण गर्न मद्दत पुर्‍याएको थियो । जसको सहयोगले विकट क्षेत्रलाई संचारको माध्यमले बाह्य विश्वमा पूर्ण रूपमा जोड्न मद्दत गरेको छ । भविष्यमा ह्वावेले नेपाललाई अधिक प्रविधि जस्तै 5G क्लाउड र AI ल्याइ डिजिटल नेपाल निर्माण गर्न निरन्तरता दिई राख्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement