काठमाण्डु- नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध नगर्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठक अपराह्न चार बजे बस्ने भएको छ । उक्त बैठकमा नेपाली कांग्रेसले अवरोध नगर्ने र गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने भएको हो ।
यसभन्दा अघि कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको थियो ।
गृहमन्त्री लामिछानेले आफूलाई संसदमा बोल्न दिए मात्र संसदीय छानबिन समिति गठनबारे छलफल गर्न सकिने बताउदै आएका छन् । यसैबीच आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भएको छलफलपछि गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन कांग्रेस तयार भएको हो ।
प्रतिक्रिया