नारायणहिटीमा रहेको श्रीपेच सर्वसाधारणले आजदेखि हेर्न पाउने


काठमाडौं – गणतन्त्र स्थापनापछि नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक आजबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान नारायणहिटी दरवार संग्राहलयमा श्रीपेच, राजदण्ड लगायतहरुको प्रदर्शनी उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले श्रीपेच अवलोकन गर्न पाउनेछन् सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री राखिएका छन् ।

२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रूपमा राखिएको थियो। राजदरबारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६५ फागुन १५ गते नारायणहिटी दरबार सङ्ग्रहालयको रूपमा उद्घाटन गरेका थिए । तर, श्रीपेच राख्ने प्रदर्शनी कक्ष र सोकेस नभएको बताउँदै प्रदर्शनीमा राखेको थिएन।

प्रतिक्रिया दिनुहोस
Advertisement