विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा, उपाध्यक्ष ६ जना, उपमहासचिव हटाइयाे


काठमाण्डु – नेकपा एमालले प्रथम विधान महाधिवेशनका लागि अध्यक्ष मण्डलको घोषणा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा गरिएको हो ।

अध्यक्ष मण्डलमा उपाध्यक्षहरु युवराज ज्ञवाली तथा अष्टलक्ष्मी शाक्य एवम् स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा (बादल), सुवासचन्द्र नेम्वाङ, सत्यनारायण मण्डल र छविलाल विश्वकर्मा रहेका छन् ।

यस्तै एमालेमा पाँच जना उपाध्यक्ष प्रस्ताव गरिएको छ । शुक्रबारबाट सुरु भएको प्रथम विधान महाधिवेशन प्रस्तावमा पाँच जना उपाध्यक्षको प्रस्ताव गरिएको हो ।

उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका छन् । यसअघि एमालेमा ४ जना उपाध्यक्ष रहेका थिए । साथै ६ जना सचिव रहने गरी विधान संशोधन गर्न प्रस्ताव गरिएको छ ।

अहिले एमालेमा ५ जना सचिव रहेका छन् । केन्द्रीय पदाधिकारीसमेत गरी २२५ सदस्यीय केन्द्रीय समितिको प्रस्ताव पनि गरिएको छ ।

त्यस्तै १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव रहने गरी १२ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखापरीक्षण आयोगका पदाधिकारी र सदस्य निर्वाचित गर्ने पनि विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

विधान संशोधन प्रस्तावमा उपमहासचिवको व्यवस्था भने गरिएको छैन । अहिले एमालेमा २ जना उपमहासचिव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement