सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछालाई जोगाउन राज्य संयन्त्रकै दुरुपयोग भयो :रमेश लेखक


काठमाण्डु – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछालाई जोगाउनको लागि राज्य संयन्त्रकै दुरुपयोग भएकाे बताएका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय  दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले उपप्रधान एवं गृहमन्त्री रवि लामिछालाई जोगाउनको लागि राज्य संयन्त्रकै दुरुपयोग भएकाे बताएका हुन् । त्यस्तै उनले  सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको समेत जानकारी दिएका हुन्।

उनले भने, ‘सहकारीमा बचत जम्मा गरेका नागरिकको फिर्ता ग्यारेन्टी गर्ने, अपचलन गर्नेमाथि कारबाही गर्ने र गृहमन्त्रीको पनि संलग्नता देखिएकाले निष्पक्ष होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति माग गरेका छौँ । त्यो आवश्यक छ भन्ने थप पुष्टि भएको छ । त्यस विषयमा स्वतन्त्र छानबिनको पुन: माग गरेका छौँ।’

उनले सरकार गैर जिम्मेवार बनेको आरोप लगाउदै सहकारी ठगी प्रकरणमा जोगाउनको लागि राज्यको संयन्त्रकै दुरुपयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको बताए ।उनले छानबिन समिति आधारभूत माग भइसक्यो भन्दै बटम लाइन भइसकेपछि अब पछि नहट्ने स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement