सशस्त्र प्रहरी किन सधैँ विवादमा ?


काठमाडौं – स्थापनाको १८औं वर्षमा पुगिसक्दा पनि सशस्त्र प्रहरी बल विवादको भूमरीमै छ। विगतमा संगठनको नेतृत्व अकुत सम्पत्तिमा तानिएपछि गिरेको साख अझै यसले उठाउन सकेको छैन।

अर्धसैन्य बल सशस्त्र प्रहरी आफ्नो जिम्मेवारी अझै बढाउने तरखरमा छ। तत्कालीन विद्रोही माओवादीसँग लड्न स्थापना गरिएको सशस्त्रलाई सीमा सुरक्षा, औद्योगिक सुरक्षा, भन्सार, उच्चपदस्थको सुरक्षा, दूतावास सुरक्षालगायत १३ विभिन्न जिम्मेवारी दिएको छ।

आवरणमा सशस्त्रका गतिविधि कानुनी देखिए पनि सांगठनिक व्यवस्थापनमा ऊ जहिल्यै विवादमा तानिएको छ। सशस्त्र प्रहरीको नेतृत्व पटकपटक अकुत सम्पत्तिमा तानियो। सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ, वासुदेव ओली र कोषराज वन्तको अकुत मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ। सशस्त्रको मुख्य जिम्मेवारी सीमा सुरक्षा नै अहिले फितलो बनेको छ।

८७ वटा बोर्डर आउट पोस्ट (बीओपी0 र २१ वटा सीमा सुरक्षा कार्यालय ९बीएसओ०को भूमिकालाई अहिले खुम्च्याइएको छ। १२ वटा गणलाई गुल्ममा गाभिएको छ। प्रत्येक बीओपीमा ५० जनाको दरबन्दी र प्रहरी निरीक्षकको कमान्डमा खटिँदै आएका थिए। तर अहिले त्यसलाई खुम्च्याएर एउटा बीओपीमा १२ जना त्यो पनि असइको कमान्ड छ।

सीमा जस्तो संवेदनशील ठाउँमा आफ्नो प्रभाव बढाउनुपर्नेमा सशस्त्रले भूमिका खुम्याइदिएपछि सीमा सुरक्षा फितलो बनेको छ। भारतले नेपाली सीमामा पाँच सय ३० वटा बीओपी स्थापना गरेर पहरा दिइरहेको छ। तर नेपाली सीमामा सशस्त्रका ८७ वटा मात्रै बीओपी छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement