कृषिमा चीनको सहयोग


काठमाडौं – चीन सरकारको सहयोगमा नेपालको उत्तरी क्षेत्रमा परियोजन सञ्चालन हुने भएको छ । चीनले नेपाल उत्तरी पहाडी क्षेत्र कृषि प्रविधि समन्वय परियोजना सञ्चालनमा ल्याउन लागेको हो ।

परियोजना सञ्चालनका लागि बुधबार कृषि तथा पशुपन्त्री विकास मन्त्रालयका योजना महाशाखाका प्रमुख डा. योगेन्द्रकुमार कार्की र चीनको तर्फबाट तिब्बत इन्टरनेसनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टरको वाणिज्य विभागका प्रबन्ध निर्देशक वेन जेनले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यो परियोजनाका लाग चीनले २७ लाख नेपाली रुपैयाँ सहयोग गरेको छ ।, यो खबर आजको कारोवार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement