एक हजार ७०० आयोजना अख्तियारको सूक्ष्म निगरानीमा


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित देशभरका एक हजार ७०० भन्दा बढी विकास आयोजनालाई सूक्ष्म निगरानी राखेको छ।

अख्तियारले विकास आयोजनमा गम्भीर लापरवाही र अनियमितासमेत भएको हुन सक्ने भन्दै समयमा नै नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।  निगरानीमा रहेका अधिकांश विकास आयोजनाको अवस्था भयावह र भद्रगोल रहेको ठहरसमेत अख्तियारले गरेको छ।

अख्तियारको विश्लेषण टोलीले विकास आयोजनाको ठेक्का लिएका काम नै नगरी अर्बौं रुपैयाँ मोबिलाइजेसन पेस्कीको नामा बुझेर दुरुपयोग गरेको निष्कर्ष समेत निकालेको छ। यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement