विप्लवसँग प्रत्यक्ष-अप्रत्यक्ष संलग्न हुनेलाई कारबाही


काठमाडौं – सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने जोकसैलाई कारवाही गर्ने भएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपालाई सहयोग गर्नेमाथि कारबाही गर्ने जानकारी गराएका हुन् ।

सरकारले अवैद्य रुपमा राखिएको हतियार ३५ दिनभित्र बुझाउन सुचना प्रकाशन गर्ने भएको छ । गैरकानुनी रुपमा हतियार राखेको पाइए पनि बुझाउनेलाई भने कारबाही नहुने निर्णय भएको सञ्चारमन्त्री रहेका बास्कोटाले बताए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement