२ सय केजी चरेश बोकेको ट्रक सहित भारतीय नागरिक कलंकीमा प्रक्राउ


काठमाडौं – नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्युरो(एनसिबी)ले २ सय १३ किलो चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

डब्लु बी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा धादिङबाट काठमाडौं ल्याउँदै गरिएको अवस्थामा लागूऔषध बरामद गरेको हो। प्रहरीले ट्रकका चालक २५ वर्षीय मेगराज आलमलाई पनि पक्राउ गरेको छ। तर, अन्य कारोबारी गिरोहलाई पक्राउ गर्न सकेको छैन। ट्रकबाट साढे २ केजी अफिमसमेत बरामद भएको प्रहरीले जनाएको छ।

ट्रकमा फल्स बटम बनाइ चरेश र अफिम भारतमा तस्करीको प्रयास भएको थियो। यसअघि पनि पटक पटक आफुले नेपाल भारतमा लागूऔषध तस्करी गरेको चालक आलमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement