चीनसंग तनाव बढेसंगै भारतले ल्याउंदैछ यस्ता हतियार


एजेन्सी – भारत र चीनबीच तनाव बढेसंगै भारतले लद्दाखमा सुरक्षा व्यवस्था कडा वनाएको छ । भारतले यसका साथै मित्र राष्ट्रहरुबाट हतियार र मिसाइल खरिद गर्ने तयारी तिव्र रुपमा अघि बढाएको छ । भारतले फ्रान्स,अमेरिका,रुस र इजरायलसंग आवश्यक पर्ने सुरक्षा उपकरण एवंम् हतियार खरिद गर्ने प्रक्रिया अघि बढाएको हो ।

रुस भ्रमणमा रहेका रक्षामन्त्री राजनाथ सिंहसंगको भेटमा रसियन अधिकारीले मिसाइल डिफेन्स सिस्ट एस ४०० उपलब्ध गराउने सहमती गरेका छन् । सिंह दुई दिने मस्कोको भ्रमण सकेर भारत फर्किसकेका छन् ।

नवभारत टाइम्सकाअनुसार डिफेन्स सिस्टम उपलब्ध गराउन रुस सहमत भइसकेको छ । चीनले यस्तो संवेदनशिन घडीमा भारतलाई उक्त मिसाइल नदिन रुसलाई चेतावनी दिंदै आएको थियो । यसबारेमा रुसी अधिकारीहरुको आधिकारीक धारणा भने सार्वजनिक भएको छैन् ।

फ्रान्ससंग भएको खरीद सम्झौताअनुसार भारतलाई ३६ राफेल जेट मिल्नेछन् । पहिलो राफेल जुलाई २७ को भारतलाई उपलव्ध हुनेछ । योजनाअनुसार पहिला ४ राफेल लडाकु विमान अंवालामा ल्याउने तयारी थियो । अव फ्रान्सले ८ राफेल पठाउने तयारी गरेको छ । यो विमानलाई अत्याधुनिक मानिन्छ ।

इजरायलले पनि डिफेन्स सिस्टम दिन तयारी गरेको छ । स्रोतकाअनुसार इजरायलबाट पनि मारक हतियार भारतलाई दिने तयारी छ । बराक ८ मिसाइल डिफेन्स सिस्टम खरिदको लागी भारतले वार्ता गरिरहेको थियो । इजरालयको इजरायल एयरोस्पेस उद्योगसंग भारतले २०१८ मा ७७७ मिलियन डलरको सम्झौता गरेको थियो । त्यो मिसाइल पनि चांडै भारत ल्याउने तयारी छ । कारगिल युद्धमा समेत इजरायलले भारतलाई हतियार वेचेको थियो ।

यता अमेरिकाले समेत भारतलाई हर मोर्चामा सहयोग गर्ने जनाएको छ । अमेरिकाले अहिले सुचनासंगै सेटलाईट इमेज भारतलाई सहयोग गर्नेछ । भारतले अमेरिकाबाट एम ७७७ ल्याउने तयारी गरेको छ । यो हतियार पहाडी क्षेत्रमा लड्नको लागी असरदार मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement