साइबर रेपको पासोमा किशोरी


काठमाडौं – सामाजिक सञ्जालमामार्फत अपरिचितसँग साथी बन्ने, प्रेम सम्बन्ध गाँस्ने र यौनसम्बन्धसम्म पुग्ने त चलेकै थियो। गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कँदै गएको देखिएको छ।

अश्लिल तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरुलदे ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन्। यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रुपमान्तरण भएका छन्।

यिनमा धेरै जसो पीडित १८ वर्षमुनिका देखिएको छ। प्रहरी परिसर काठमडाौंमा दर्ता साइबर अपराधसम्बन्धी तथ्यांक केलाउँदा यस्तो प्रवृत्ति भुसको आगोजसरी सल्किएको देखिन्छ।

२०७२-७३ मा ३२ वटा र २०७३-७४ मा साइबर अपरारधका २५ वटा उजुरी दर्ता भएका थिए। यिनको संख्या २०७४-७५ मा दोब्बरभन्दा धेरै अर्थात् ८१ पुगेको छ। यस आर्थिक वर्षका पुससम्म ७४ उजुरी परेको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement