छोरीको न्यायका निम्ति धर्ना बसेका निर्मला पन्तका आमाबुबा बिरामी


महेन्द्रनगर– छोरीको न्यायका निम्ति धर्ना बस्नुभएका निर्मला पन्तका आमाबुबा बिरामी पर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि यही कार्तिक २५ गतेदेखि अनिश्चितकालीन धर्नामा बस्नुभएका उहाँहरु चिसोका कारण बिरामी परेका बताइएको छ ।

महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले बिहीबार धर्नास्थल पुगी उहाँहरुको स्वास्थ्य परीक्षण गरेको थियो । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement