शिक्षामा बेथिति, चार वर्षमा ३० अर्ब बेरुजु


काठमाडौं – सरकारले शिक्षा क्षेत्रमा बजेटको दायरा फराकिलो बनाउँदै गए पनि पछिल्ला चार वर्षयता ३० अर्र्ब रुपैयाँ बेरुजु देखिएको छ । यति धेरै बेरुजुका कारण शिक्षा क्षेत्र कुशासनको चपेटामा पर्दै आएको सहजै अनुमान गर्न सकिन्छ ।

मन्त्रालयगत आधारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय बढी बेरुजु हुने मन्त्रालयभित्र पर्छ । जबकि, शिक्षा क्षेत्रमा कम्तीमा कुल बजेटको २० प्रतिशत बजेट पु¥याउन माग भइरहेको छ ।

आर्थिक वर्ष २०७२-७३ मा ७ अर्र्ब ७६ करोड ४४ लाख र २०७३-७४ मा १० अर्र्ब ७९ करोड २९ लाख रुपैयाँ बेरुजु देखिएको थियो । यस्तै, २०७४-७५ मा ७ अर्र्ब १४ करोड २७ लाख रुपैयाँ बेरुजु देखिएको थियो । २०७५-७६ मा ५ अर्र्ब ७३ करोड रुपैयाँ बेरुजु देखिएको तथ्यांकले देखाउँछ ।

खर्च भएको तर, नियमसंगत नभई हिसाब देखाउन नसकेको रकमलाई बेरुजु भनिन्छ । बेरुजु रकम बढ्नुले शिक्षा क्षेत्रमा सोचेअनुरूप काम हुन नसकेको शिक्षा सम्बद्ध सरोकारवाला बताउँछन् । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी लामो समयदेखि ठूलो मात्रामा बेरुजु हुनुले अनियमितता हुन सक्ने भन्दै छानबिन हुनुपर्ने बताउँछन् । उनले भने, ‘ठूलो मात्रामा त्यही पनि लामो समयसम्म बेरुजु हुनुले अनियमितता भएको आशंका गर्न सकिन्छ । यसको छानबिन हुनुपर्छ । नत्र त शिक्षा क्षेत्रमा विकासका कामहरू पनि प्रभावित हुन्छन् ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement