पूर्वसचिव र सहसचिव दुई वर्षसम्म विदेशी सेवामा जान नपाउने


काठमाडौं – सरकारी सेवाबाट अवकाश पाएका सचिव र सहसचिवले दुइृ वर्षसम्म कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा दातृ निकायमा जागिर र परामर्श सेवामा जान नपाउने भएका छन्।

सेवामा रहँदा यस्ता निकायमा जागिर पक्का गराउने र अवकाशलगत्तै त्यता जाने ‘स्वार्थी प्रवृत्ति’ बढेपछि सरकारले यस्तो व्यवस्था प्रस्ताव गरेको हो। सरकारले संसदमा पेश गरेको संघीय निजामती सेवा ऐनमा राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी वा सोसरहको पदबाट सेवानिवृत्त भएको मितिले दुई वर्षसम्म कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा दातृ निकाययबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न रोक लगाउने प्रस्ताव गरेको छ।

उक्त व्यवस्थाविपरीत काम गरे सेवा सुविधा लिन नपाउने विधेयकमा उल्लेख छ। संवैधानिक, कूटनीतिक नियुक्ति वा कानुनबमोजिम सरकारले गर्ने नियुक्तिमा कुनै बन्देज लगाइएको छैन। अवकाशप्राप्त कर्मचारीले सरकारको पूर्वस्वीकृतिविना भने कुनै काम गर्न पाउने छैनन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement