आँखा पाक्ने समस्या र बच्ने उपाय


काठमाडौं – आँखा हाम्रो शरिरको महत्वपूर्ण र संवेदनशील अङ्ग हो । आँखामा विभिन्न खालका समस्याहरु देखा पर्न सक्छन् । आँखा पाक्ने रोगलाई अङ्ग्रेजीमा कन्जङ्टिभाइरस अथवा पिङ्क आई भनिन्छ । यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री भागमा पोलेको महशुस हुन्छ । मुख्यतया भाइरस र व्याक्टेरियाको समस्याले आँखा पाक्ने गर्छ ।

आँखामा समस्या देखिँदा आँखा फुस्रो वा रातो देखिनु, त्यस्तै आँखामा पीडा हुनुका साथै पोल्नु, चिलाएको वा केही बिझाएको महशुस हुन, आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ । यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ । यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ । यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ ।

आँखामा भाइरस, ब्याक्टेरिया वा अन्य कारण धुँवा धुलो अथवा स्याम्पु, साबुन आदीले असर गर्दा यस कन्जङ्टिभाइरस सुन्नि पुग्छ र यसकारण आँखा पोल्छ र सुन्निन पुग्छ । र यसमा भएका निकै मसिना रक्तनली सुनिन्छ,फुल्छ र आँखा एकदमै रातो र पाकेको देखिन्छ । आँखा पाकेको मानिसलाई हेर्दैमा आफुलाई सर्दैन । यदि ब्याक्टेरिया वा भाइरसको कारणले कसैलाई आँखा पाक्ने भएको समस्या रहेछ र उसको हातले आँखामा छोएको रहेछ भने सोही हात राम्रोसँग नधोई अन्य तिर छोईदिँदा ब्याक्टेरिया वा भाइरस सबैतिर फैलिन्छ । त्यसपछि त्यस चिजमा छोएर आँखामा लाने सबैको आँखा पाक्ने समस्या हुन सक्छ ।

आँखा हेरेर लक्षणहरुको आधारमा मात्र पनि भाइरस, ब्याक्टेरिया वा एलर्जी कुन कारणले हो भन्ने अनुमान लगाउन सकिन्छ । उदाहरणका लागि यदी आँखा धेरै नै चिलाउँछ भने एलर्जीको कारण हुन सक्छ । प्रायः दुबै आँखा एकैपटक रातो हुन्छ । आँखा मुनी सुनिएको जस्तो कालो दाग जस्तो देखिन्छ । यदि आँखामा चिप्रा छ भने ब्याक्टेरिकाको कारण हुन सक्छ । ब्याक्टेरिकाको कारण हो भने कसैकसैमा पहिले एउटा मात्र आँखा रातो हुने र पछि ब्याक्टेरिया सरेर दुबै आँखा रातो हुन सक्छ । यदि पातलो तरल पदार्थ चुहिरहन्छ र हलुका चिलाउँछ भने भाइरसका कारण हुन सक्छ ।

रोकथाम र उपचार

–एलर्जीको कारण हो भने चिकित्सकको सल्लाहमा लगाउने र खाने औषधी प्रयोग गर्नुपर्छ ।

–ब्याक्टेरियाकाे कारणले हो भने एन्टावाएटिक औषधी लगाउने गर्नुपर्छ ।

–सबैभन्दा धेरै आँखा पाक्ने समस्या भाइरसको कारणले हुने गर्छ । र एक दुई वटा विशेष कम परिस्थितीमा बाहेक अधिकांश केशमा भाइरसको कारणले हुनेलाई कुनै औषधी प्रयोग गर्नु पर्दैन ।

–आँखा पाकेको व्यक्तिले वा रुघाखोकी लागेको व्यक्तिले आफ्नो सामान अरुसँग सेयर गर्नु हुँदैन ।

–बारम्बार साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । हात र औला आँखामा लैजानु हुँदैन ।

–दिनहुँ नुहाउने, विरामीले दिनहुँ कपडा फेर्ने, सिरानी दिनहुँ फेर्ने गर्नुपर्छ ।

–आँखा पाक्दा कन्ट्याक लेन्स लगाउनु हुँदैन । र हातले छुने सबै सामान नियमित सफा राख्नुपर्छ ।

–आँखा निकै दुख्न थाल्यो र धेरै नै सुनिन थाल्यो भने तुरुन्त आँखाको डाक्टरलाई देखाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement