कक्षा १२ को परीक्षा आजदेखि,४ लाख ९१ हजार विद्यार्थी सहभागी हुदै


काठमाण्डु – कक्षा १२ काे परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ।

कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९१४ छात्रा र १ लाख ९३ हजार ९३३ जना छात्र गरी ३ लाख ९० हजार ८४७ परीक्षार्थी यस परीक्षामा सहभागी हुदै छन् । अन्य बाँकी एक लाख ६५० भने ग्रेडवृद्धितर्फका विद्यार्थी सहभागी हुदै छन् ।

७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५२६ केन्द्रमा परीक्षा सञ्चालन हुन लागेको बोर्डले जनाएको छ । यस परीक्षामा सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ र मुस्ताङमा एक-एक परीक्षा केन्द्र तोकिएको छ ।

काठमाडौंमा यस पटक स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो । हरेक विद्यालयका परीक्षार्थी संख्या र परीक्षा केन्द्रको सिट संख्याका आधारमा तथा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरका आधारमा दूरी निकालिएको थियो । विद्यालयबाट नजिक पर्ने केन्द्रलाई प्राथमिकता दिइएको र एकै विद्यालयको परीक्षार्थी संख्या हेरी सकभर औसतमा १५० भन्दा बढी परीक्षार्थी एकै केन्द्रमा नपर्ने गरी केन्द्र तोकिएको बोर्डले जनाएको छ । परीक्षा केन्द्र तोक्दा सेटिङ हुने गरेको गुनासो रहेकाले यस पटक काठमाडौँमा स्वलाचित रुपमा केन्द्र तोकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement