फास्ट ट्रयाकमा २० हजार कर्मचारीको भर्ना गर्दै सरकार

फास्ट ट्रयाकमा २० हजार कर्मचारीको भर्ना गर्दै सरकार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- कर्मचारी अभाव पूरा गर्न सरकारले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भर्ना गर्ने बताएको छ। कर्मचारी समायोजनको काम पूरा गरेसँगै स्थानीय, प्रदेश र केन्द्रमा रहेका कर्मचारी अभाव हटाउन सरकारले नयाँ भर्नाको तयारी गरेको हो।

समान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फास्ट ट्रयाकबाट २० हजार कर्मचारी भना गर्ने तयारी सुरु भएको बताए। उनले भने ‘अब गरिने भर्ना फास्ट ट्रयाकमा हुनेछ। यसो नगरे प्रक्रिया लम्बिन्छ।’

स्थानीय तह र प्रदेशमा तत्काल करिब ३२ हजार कर्मचारी आवश्यक पर्ने भएकाले कर्मचारी भर्ना गर्न फास्ट ट्रयाकको बाटो अपनाउनु पर्ने भएको जानकारी दिएको छ।

पण्डितले यसरी कर्मचारी भर्ना गर्न लोकसेवा आयोगसँग परामर्श भइरहेको बताउँउदै यसमा आयोगले पनि सहमति दिएको बताए। यो खबर आजको नागरिक दैनिकमा छ ।