बिग्रदो ट्रम्प-मर्केल सम्बन्ध, जर्मनीवाट सेना फिर्ता गर्ने अमेरिकाको घोषणा


एजेन्सी – जर्मनीवाट अमेरिकाले आफ्ना सेना फिर्ता लिने भएको छ । द्धितिय विश्वयुद्धपछि जर्मनीमा रहेको अमेरिकी सेना इटाली र युक्रेनलगायतका देशमा अहिले पनि तैनाथ रहेको छ । युरोपमा अहिले ३४ हजार ५ सय अमेरिकी सेना तैनाथ रहेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्मनीवाट सेना फिर्ता लिने निर्णय गरेको वासिङगटन पोष्टले जनाएको छ । तर, हवाईट हाउसले भने यसमा अहिलेसम्म कुनै आधिकारी प्रतिक्रिया जनाएको छैन् । जर्मनीमा मात्र अहिले २५ हजार अमेरिकी सेना तैनाथ छन् ।

एक अमेरिकी वरिष्ठ अधिकारीले लामो समयदेखी नै यसबारेमा चर्चा चलिरहेको र जर्मन चान्सलर एन्जेला मर्केलले जी ७ वैठकमा सहभागी नहुने घोषणा गरेसंग यस्को कुनै सम्बन्ध नभएको दावी गरेका छन् । शुक्रवार अवेरसम्म उक्त निर्णयबारे जर्मनीलाई जानकारी दिइएको छैन् ।

राष्ट्रिय खुफियाका कामु निर्देशक रहिसकेका जर्मनका लागी अमेरिकी राजदूत रिचर्ड ग्रेनेलको नाटोमा जर्मनीको लगानीलाई लिएर आलोचना गर्दै आएका थिए । उनले नै सेना फिर्ताको लागी पहल गर्दै आएका थिए । यो प्रक्रियामा समेत उनी संलग्न रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले निर्णयको अनुमोदन गरेपछि उनका राष्ट्रिय सुरक्षा सल्लाहकार रोवर्ट ओब्रियनले औपचारीक रुपमा हस्ताक्षर गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निर्वाचनमा मध्यपूर्व र अफ्गानस्तानमा सद्धाका लागी युद्ध अन्त्य गर्ने बताएका थिए । त्यसैगरी युरोप र एशियामा समेत अमेरिकी सेनाको तैनाथी समाप्त गर्ने उनले घोषणा गरेका थिए ।

कोल्ड वारको बेला जर्मनीमा २ लाख ३५ हजार अमेरिकी सेना रहेको थियो । त्यसपछिका वर्षमा अमेरिकी सेना फिर्ता हुने क्रम जारी छ । अमेरिकी सेनाको युरोप र अफ्रिका कमाण्डको हेडक्वार्टर नै जर्मनीमा रहेको छ । अहिलेलाई ९ हजार ५ सय सेना फिर्ता गर्ने तयारी भइरहेको पेन्टागन स्रोतको हवाला दिंदै सीएनएनले लेखेको छ ।

ट्रम्पका आलोचकहरुले युरोपवाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयबाट रसियन राष्ट्रपति भ्लामिदर पुटिन खुसी भएको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपतिले नाटोका सहयोगी देशहरुले आफ्नो सुरक्षको लागी उचित हिस्सा खर्च नगरेकोमा आलोचना गर्दै आएका थिए । उनले विशेषगरी जर्मनीले आफ्नो जीडीपीको २ प्रतिशतभन्दा कम रकम खर्च गरेकोमा आलोचना गर्दै आएका छन् ।

जोन हपकिन्स विश्वविद्यालयमा जर्मन विज्ञ भनेर चिनिएका एवंम् पुुर्व विदेशमन्त्रालयका अधिकारी जेफ राठ्केले यो कदमको विरोध गरेका छन् । उनले जसले जर्मन चान्सलर मर्केल र जर्मनीलाई सजाय दियो भनिरहेका छन् यो गलत भएको टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘यो कुरा सम्झनु महत्वपूर्ण छ की जर्मनीमा अमेरिकी सेनाको उपस्थिति जर्मनीको रक्षाको लागी होईन । तर अमेरिकाका लागी यो यस्तो मंच हो जहां अमेरिका संलग्न हुने र नाटोका सहयोगीहरुलाई सामिल गर्न सक्छ, रुसलाई रोक्न सक्छ । आवश्यक परे भने मध्य पूर्व र उत्तरी अफ्रिकाका परियोजनालाई सहयोग गर्न सक्छ । ’

जर्मन चान्र्सलर मर्केल र अमेरिकी राष्ट्रपति ट्रम्पको सम्बन्ध सुमधुर छैन् । ट्रम्पले बोलाएको जी ७ सम्मेलनमा समेत उनले कोरोना भाइरसको महामारीको कारण सहभागी नहुने सार्वजनिक रुपमै बताइसकेकी छन् । उनले मात्र हैन् विश्वका अन्य देशका नेताहरुले समेत अमेरिकामा कोरोना भाइरसको संक्रमण र मृत्युको संख्या धेरै भएकाले सहभागी हुन नसक्ने सन्देश प्रवाह गरेपछि सम्मेलन स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement