कार्यान्वयन भएन राष्ट्रसेवकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने कार्ययोजना


काठमाडौं – राज्यकोषबाट तलब खाने राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनैपर्ने नियम ल्याउन खोजिए पनि व्यवहारमा लागु हुन सकेको छैन। शिक्षामन्त्रीले मन्त्रालयमा पदबहाली गर्नासाथ राष्ट्रसेवकका छोराछोरीलाई सरकारी विद्यालययमा पढाउन बाध्य गराउने कार्ययोजना ल्याउने गरेको छन्। तर ती कार्ययोजना लागू गर्न सबै मन्त्री असफल हुँदै आएका छन्। हालका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि यस्तै नियति भोग्दै छन् जुन यसअघिका मन्त्रीले भोगेका थिए।

मन्त्री पोखरेलले अघि सारेको मार्गचित्रमा पनि शिक्षक तथा सार्वजनिक पदधारण गरेका सबैलाई छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरिने उल्लेख छ। तर शिक्षामन्त्री पोखरेलले आह्वान गरेको मार्गचित्र कार्यान्वयनमा भने उनी चुक्दै आएको मन्त्रालयका अधिकारीको टिप्पणी छ।

मन्त्री पोखरेलको आह्वानलाई पूर्णरूपमा बेवास्ता गर्दै अधिकांश राष्ट्रसेवक कर्मचारीले छोराछोरीलाई निजी विद्यालयमा पढाउँदै आएका छन्। स्थानीय तहमा जनप्रतिनिधिको छोराछोरीले पनि निजी विद्यालयमा पढ्दै आएका छन्। यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement