गृहमन्त्री नै भन्छन्, ‘विप्लवले चार कम्पनी सेना बनाइसके’


काठमाडौं विप्लव समूहले जनसरकारका रूपमा जनपरिषद् भन्ने संस्था गठन गरेको छ । उनीहरूले जनसेनाका रूपमा चार कम्पनी निर्माण गरेका छन् । यो समूहले केही वर्षयता सशस्त्र गतिविधि गर्दै आएको छ । यो समूहले संविधानविरोधी, कानुनविरोधी गतिविधि गरिरहेको छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनदेखि नै यस्ता गतिविधि भइरहेका छन् । एनसेलका टावर तथा ठाउँठाउँमा विस्फोट गराएको पनि हामीले देख्यौँ । यो संगठनले देशव्यापी रूपमा विस्फोट गराउँदै आएको छ । अहिले उसको मुख्य निसाना उपत्यका बनेको छ । आइतबारको विस्फोटबाट चारजनाको मृत्यु भयो । आधा दर्जन घाइते भए । मृत्यु नागरिकको भएको छैन, यो समूहसँग आबद्धहरूको मृत्यु भएको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबारको संसद् बैठकमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चार कम्पनी सैनिक दस्ता गठन गरेको बताए । तर, उनकै नेतृत्वको गृह मन्त्रालयसँग सो समूहका हिंसात्मक गतिविधि रोक्ने प्रस्ट योजना भने छैन । सैन्य दस्ता नै बनाइसकेको भनेर सूचना पाउँदा पनि गृहले त्यसविरुद्ध कुनै सुरक्षा रणनीति बनाउन ठानेको आवश्य%9

प्रतिक्रिया दिनुहोस
Advertisement