भारत र चीनबीच सीमा विवाद बढेपछि चीनले बढायो सीमा क्षेत्रमा सैनिक उपस्थिती


काठमाडौं-  नेपाल र भारतबीच सीमा विवाद बढिरहेका वेला चीनसंग पनि भारतको सीमा विवाद देखिएको छ । भारतले नेपाली भुमि हुंदै सड्क निर्माण गरेसंगै दुवै देशबीच तनाव बढिरहेको बेला विहिवार चीनले लद्दाखमा सेना तैनाथ गरेको छ ।

नेपालले बुधवार लिम्पियाधुरासहितको नेपालको नक्सा सार्वजनिक गरेसंगै भारतसंग चिसोपना सुरु भएको थियो । भारतिय विदेश मन्त्रालयले चिनियां सेनाले लद्दाखमा भारतिय सेनाको पट्रोलिङ टिमको ड्युटीमा अवरोध गरेको आरोप लगाएको छ । भारतले आफ्नो संप्रभुता र सुरक्षा सुनिश्चित गर्दै सैन्य गतिविधि आफ्नो सीमा भित्रै गरिरहेको दावी समेत गरेको छ ।

दुवै देशका सेनाबीच वास्तविक नियन्त्रण रेखा नजिकै झड्प भएपछि भारतको यस्तो धारणा आएको हो । भारत र चीन दुवैले सीमा क्षेत्रमा सेनाको उपस्थिती बढाएका छन् । चीनले भने गालवान घांटी क्षेत्रमा भारतले गैर कानुनी रुपमा निर्माण गरिरहेको आरोप लगाएको छ ।

भारतिय विदेश मन्त्रालयले सीमा विवादबारे दुवै मुलुकबीच वार्ता जारी रहेको भन्दै सीमा क्षेत्रमा शान्ती कायम राख्न भारत प्रतिवद्ध रहेको जनाएको छ । दुवै देशको सीमा विवादमा अमेरिकाले भारतलाई समर्थन गरेको छ । चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले चीन भारत सीमा मुद्दामा चीनको धारणा स्पष्ट रहेको भन्दै अमेरिकाको राजनीतिक टिप्पणीलाई वकवास भएको बताएका छन् । उनले चीनसंग भएका सम्झौतालाई पालना गर्न समेत भारतलाई सचेत गरेका छन् ।

५ मे मा लद्दाखको पैगोंग झील क्षेत्रमा भारत र चीनका २ सय ५० सैनिकहरुबीच झड्प भएको थियो । त्यसैगरी ९ मे मा नै सिक्किम सेक्टरको नाथुला पासमा लगभग १ सय ५० सैनिकहरुबीच झड्प हुंदा १० जना घाईते भएका थिए । २०१७ मा दुवै देशका सेनाबीच डोकलाममा भारत र चीनका सेनाबीच ७३ दिन लामो गतिरोध भएको थियो । जसमा दुवै देशबीच युद्ध हुनसक्ने अड्कलवाजी समेत भएको थियो ।

भारत र चीनको विचमा ३ हजार ४ सय ८८ किलोमिटर लामो सिमा रहेको छ । दुवै देशबीच जम्मू कश्मीर हिमाचल प्रदेश, उत्तराखंड,सिक्कीम र अरुणाचंल प्रदेशमा सीमा विवाद छ । दुवै देशबीच अहिलेसम्म सिमांकन भएको छैन् । किनभने कैयौं क्षेत्रमा दुवै देशबीच सिमा विवाद रहेको छ । १९६२ मा चीन भारतबीच युद्ध हुंदा चीनले पुरै इलाका कब्जा गरेको थियो । चीनले अरुणांचल प्रदेशलाई दक्षिणी तिब्बको हिस्सा रहेको दावी गर्दै आएको छ ।

सीमा विवाद हल गर्न दुवै देशले विशेष प्रतिनिधि एसआर समेत नियुक्त गरेका छन् । त्यसको वैठक २०१ डिसेम्बरमा भएको थियो । भारतबाट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजीत डोभालले त्यसको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement