राष्ट्रपति पौडेलले दिए उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति


काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

बिहीवार राष्ट्रपति पौडेलले यही बैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका हुन् ।

राष्ट्रिय सुरक्षा परिषद्को मिति वैशाख १० गतेको सिफारिस र मन्त्रिपरिषद्को सोही दिनको सिफारिस अनुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement