कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१–२३ गतेसम्म महाधिवेशन गर्ने

कांग्रेस संस्थापनइतर पक्षले मंसिर २१–२३ गतेसम्म महाधिवेशन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशन मंसिर २१, २२ र २३ गते गर्ने भएको छ ।

पार्टी सम्पर्क कार्यालय चुनदेवीमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्ने जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ । त्यसका लागि सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको छ ।’

महाधिवेशनअन्तर्गत असोज १५ गतेबाट वडा अधिवेशन सुरु हुनेछ । एकता महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।