पाकिस्तान अधिनस्त कश्मिरमा भारतले खसाल्यो एक हजार किलोको बम 


नयां दिल्ली – पाकिस्तानी सेनाका मेजर जनरलले भारतिय वायु सेनाको लडाकु विमानले पाकिस्तान अधिनस्थ कास्मिरमा हमला गरेको आरोप लगाएका छन् । पाकिस्तानका सैन्य प्रवक्ता समेत रहेका मेजर जनरल आसिफ गफूरले भारतीय वायुसेनाले नियन्त्रण रेखा उल्लंघन गरेको दावी गरेका छन्। 

उनले भारतीय लडाकु विमान मुजफराबाद क्षेत्रबाट पाकिस्तानमा घुसपैठ गरेर बालाकोट क्षेत्रमा बम खसालेको दावी गरे । भारतिय संचारमाध्यमहरुले वायु सेनाको मिराज फाइटर जेटले आंतकवादी शिविर नष्ट गरेको जनाएका छन् । 

भारतीय वायुसेनाको फाइटर जेटले बिहान मंगलबार बिहान ३:३० बजे सिमारेखा पार गरेको थियो । मिराज विमानले १००० किलोको बम खसालेको भारतिय संचारमाध्यमहरुको दावी छ ।  बमबाट ३०० जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । 

यसबारेमा भारतको आधिकारीक धारणा भने सार्वजनिक भएको छैन् ।  भारतिय रक्षामन्त्रालयका प्रवक्ताले समेत यसबारेमा जानकारी नभएको बताएका छन् । 

पाकिस्तानमा आधारित जैश–ए–मोहम्मद ले १४ फेब्रुअरीमा जम्मू–कास्मिरको पुलवामामा आक्रमण गर्दा ४० जना भारतीय सैनिक मारिएका थिए। त्यसयता भारत र पाकिस्तानबीच तनाब बढेको छ। 

पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गफूरले ट्वीटमा भनेका छन् , ‘पाकिस्तानको वायु सेनाले तुरुन्त प्रतिकार गर्यो र भारतीय लडाकु विमान फिर्ता गए।’ उनले पाकिस्तान अधिनस्थ कास्मिरमा कुनै हताहती नभएको दाबी गरेका छन्। 

भारतमा सेनाको आक्रमणपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालिन वैठक बोलाएका छन् । वैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, रक्षामन्त्री निर्मला सितारमण र सुरक्षा सल्लाहकार अजित डोभाल सामेल छन् । 

प्रतिक्रिया दिनुहोस
Advertisement