भारतीय काँग्रेस परिवारवाद र पैसाले चलेको मोदीको आरोप


एजेन्सी – भारतीय प्रधानमन्त्री तथा भाजपाका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको आरोप लगाएका छन्।

शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले काँग्रेसको नाम उल्लेख नगरी भने, ‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो।’

काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए। कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन बिताएको स्मरण गर्दै उनले पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको दावी गरे। कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement