आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीको हार


काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरेको छ । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो।

मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९.२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो।

१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्यम स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन् । चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए ।

कोल्कात्ता विरुद्ध ९९ रन बनाएको ओपरनर पृथ्वी शा पहिलो बलमा नै आउट भएका थिए । आइपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीप पहिलो बलमा नै पञ्जाबका साम कुरनबाट बोल्ड आउट भए । दिल्लीको ब्याटिङलाइन धरासायी बनाउने क्रममा पञ्जाबका लागि इङ्ल्याण्डका खेलाडी साम कुरन एक्लैले ४ विकेट लिए।

आईपीएल यस सिजनको दोस्रो खेलमा खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे । ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप यस खेलमा पनि दिल्लीका लागि सबैभन्दा किफयती बलर बने। ४ खेलमा २ जित र २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छरेको छ । भने ४ खेलमा ३ जित हात पारेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ । यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement