जनतान्त्रिक तराई मुक्ति मोर्चाले हतियार बिसायो


राजविराज – जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) वाट विद्रोह गरी ११ जना केन्द्रिय सदस्यले वुधवार सप्तरीमा हतियार वुझाएका छन् । उपेन्द्र यादवको नेतृत्वमा नथुरी यादव (प्रदिप), रामउद्गार साह (रोशन), योगेन्द्र यादव (कमल), भवानी प्रसाद मगरीया यादव (भगतसिंह), वद्री यादव,लगायतले हतियार वुझाएका हुन् ।

मोर्चाका नेताहरुसँग सरकारी वार्ता टोलीले ६ वुँदे सहमति गरेको छ । राजनितिक वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेले मोर्चासंग भएको सहमती अनुसार सरकारवादी मुद्दा फिर्ता लिने, जेलमा रहेकाको रिहाई गर्ने, मधेशी युवाहरुलाई सेना-प्रहरीमा भर्तीको अवसर मिलाउने, मोर्चाका कार्यकर्तालाई जिविकाका लागि रोजगारीको अवसरलगायतका मागमा छलफल गरी सहमति तयार भएको जानकारी दिनुभयो ।

उनीहरुले सानो नलकटुवा पेस्तोल १० थान, लामो नलकटुवा पेस्तोल १ थान, कटुवा १ थान, डिटोनेटर १ थान गरी जम्मा १३ थान हतियार वुझाएको उहांले जानकारी दिनुभयो। मोर्चाका १५ जना केन्द्रिय सदस्यको वैठक वसेर सरकारसँग वार्ता गर्ने सहमति भएपनि संयोजक गोईतले वर्ता नगर्ने अडान लिएपछि आफुहरुले गत जेठ २ गते विद्रोह गरेर छुट्टै मोर्चा वनाएको र सोही समुहमार्फत हतियार वुझाएको उहांले दावी गर्नुभयो ।

सरकारी वार्ता टोलीका संयोजक पाण्डेले अविनाश सहितका अधिकांश नेताले हतियार वुझाई सकेपछि गोईतसँग वार्ता गर्नु पर्ने अवस्था समेत नरहेको वताउनुभयो । सप्तरीमा तीन वटा सशस्त्र समुहसँग वार्ता भईरहेको जम्मा ५ वटा समुहले तत्कालै हतियार वुझाउने तयारी गरेको उहांले जानकारी दिनुभयो ।यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement