न्यायाधीश सिफारिसको न्यायाधीशबाटै विरोध


काठमाडौं – न्यायाधीश सम्मेलनको अन्तिम दिन शुक्रबार हालै गरिएको १८ न्यायाधीश सिफारिसलाई लिएर सहभागीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकाको आलोचना गरेका छन्।

प्रधानन्यायाधीश राणा अध्यक्ष रहेको न्याय परिषदले गरेको सिफारिसबाट न्यायसेवाबाटै आई जिल्ला र उच्च अदालतमा न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीश भएकाको सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त हुने सम्भावना समाप्त पारिएको भन्दै सहभागीले तीव्र आक्रोस पोखेको छ।

प्रज्ञाभवन कमलादीमा बुधबार सुरु भएको न्यायाधीश सम्मेलन समापनअघि सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशले अहिले गरिएको नियुक्ति सिफारिसबाट न्यायालयप्रतिको जनआस्था अभिवृद्धि हुन नसक्ने धारणासमेत व्यक्त गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement