कर्मचारी समायोजन : सबै सचिव यथास्थानमा


काठमाडौं – सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत ५५ सचिवलाई समायोजन गरेको छ। सबै सचिवलाई केन्द्रमा नै रहनेगरी यथास्थानमा समायोजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

मुख्यसचिव लोकदर्शन रेग्मीबाट सबै सचिवले समायोजनको पत्र बुझिसकेका छन्। पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकले सबै सचिवलाई केन्द्रमा समायोजन गर्ने निर्णय गरेको थियो। सरकारले हाल रहेका ८९ हजार निजामती कर्मचारीको समायोजन प्रक्रिया थालेको हो। १० हजार कर्मचारी यथास्थानमा समायोज भइसकेको छन्।

प्रदेश तथा स्थानीय तहमा पठाउनुपरे सचिवहरूलाई नै केन्द्रीय सरकारले खटाउनेछ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवको दरबन्दी छ भने काठमाडौं महनगरपालिकामा पनि सचिवकै दरबन्दी छ। यो समाचार राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस
Advertisement