कर्मचारीलाई सस्तो ब्याजमा ऋण, छोरा छोरीलाई शैक्षिक कर्जा


काठमाडौं – सरकारले निजामती कर्मचारीलाई सस्तो दरमा ऋण उपलब्ध गराउने भएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीलाई सहुलियत ऋण उपलब्ध गराउने प्रस्ताव छ।

संघीय संसद्मा पेश भएको विधेयकमा निमजामती कर्मचारीका सन्तानलाई शैक्षिक बिमा गरिने ब्यवस्थासमेत छ । बढीमा दुई सन्तानलाई स्नातक तहसम्म अध्ययन गर्न आवश्यक खर्चका लागि शैक्षिक बिमा गरिने उल्लेख छ।

निजामती कर्मचारीलाई अबदेखि उपचार खर्चको सट्टा स्वास्थ्य बिमा कार्यक्रममार्फत रकम उपलब्ध गराइने उल्लेख छ। कुनै कर्मचारीकफ सेवारत अवस्थामा मृत्यु भए परिवारलाई खाइपाइ आएको एक वर्षको तलब बराबरको एकमुष्ट उपलब्ध गराइने छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement