काठमाडौँमा एक महिनामा ११५ चोर समातिए, कवाडी संकलन गर्ने नाममा घरको रेकी


काठमाडौँ – प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

कवाडी संकलन गर्ने नाममा घरको रेकी

प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको रेकी गर्ने, कोही नभएको मौकाा छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement