नेताको नातेदार बढुवा गर्न परराष्ट्र मन्त्रालयमा दरबन्दी थप !


काठमाडौं – परराष्ट्र मन्त्रालयले एकै साथ आठ उपसचिव र छ अधिकृत माग गरेको छ। संगठन तथा व्यवस्थापन सर्भे नै नगरी दुई उपसचिवको माग गरेलगत्तै ६-६ जनाको थप दरबन्दी माग गरेको हो।

तीन महिनाअघि परराष्ट्र मन्त्रालयले अनावश्यक रुपमा १४ उपसचिव र १२ शाखा अधिकृतको पद थपको माग गर्दै स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो। सर्भे नै भएर माग भएको भए पनि मन्त्रालयले अस्वीकृत गरेपछि अहिले पुनः आठ उपसचिव र छ अधिकृतको माग गरिएको छ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्भे रिपोर्टमा संशोधन गरी त्यति ठूलो संख्यामा उपसचिव र शाखा अधिकृत पद थपको मागप्रति सामान्यले अध्ययन गरिरहेको भने पनि राजनीतिक नेतृत्वको निर्देशनपछि मन्त्रिपरिषदमा पठाउनुको विकल्प नभएको एक कर्मचारीले बताए। शक्तिमा रहेका नेताको नातेदारलाई छिटो बढुवा गराउनकै लागि यस प्रकारको अस्वभाविक प्रयास भएको अधिकारीहरु स्वीकार्छन्। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement