चिनियाँ युवतीको हत्या आरोपमा नेपाली पक्राउ


हुम्ला – चीनको पुराङ काउण्टीको ताक्लाकोटमा एक चिनियाँ युवतीको हत्या अभियोगमा नेपाली युवा पक्राउ परेका छन् । काम गर्ने सिलसिलामा ताक्लाकोट पुगेका हुम्लाका सर्केगार्ड गाउँपालिका-२ का तेज बहादुर फडेरालाई चिनियाँ युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा गत बिहीबार चिनियाँ प्रहरीले पक्राउ गरेको हो ।

हाल ताक्लाकोटमा रहेका सिमकोट गाउँपालिका-२ का स्थानीयको भनाइ अनुसार ताक्लाकोटबाट प्रहरीले नियन्त्रण लिएर फडेरालाई तुन्चुउमा लगिएको छ । चिनियाँ युवती हत्या भएपछि ताक्लाकोटमा रहेका नेपालीमाथि चिनियाँ प्रहरीले निगरानी राख्दै आएको थियो । हाल दुई हजार नेपाली कामको सिलसिलामा ताक्लाकोटमा रहेका छन् ।

युवतीको मृत्यु भए पनि भाषाका कारण चिनियाँ प्रहरीले नेपालीलाई नियनत्रणमा लिएको औपचारिक जानकारी नआएको सीमा प्रहरी चौकी हिल्साका प्रहरी नायब निरीक्षक देउ बहादुर चन्दले जानकारी दिए । यो खबर नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement