निगमका १४ जहाजमध्ये, १० ग्राउन्डेड


काठमाडौं – नेपाल वायुसेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा ग्राउन्डेड हुन पुगे। निगमसँग आन्तरिक उडानका लागि साना-मझौला ९ र अन्तर्राष्ट्रिय उडानका लागि ५ जेट विमान छन्।

२२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटामात्रै गर्‍यो। निगम प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनियाँ विमान किलोभिक्टरले काठमाडौं–दाङ–काठमाडौं उडान गरेको हो ।

अर्को चिनियाँ विमान क्याप्टेन बिरामी बिदामा भएकाले उडेन। अरु ७ वटा विमान मर्मत गर्नुपर्ने अवस्थामा थिए। निवगमको अन्तरिक उडान सञ्चालन विभागद्वारा मंगलबारका लागि जारी गरिउको उडान तालिकामा दुर्गमका लागि उड्ने तीनवटा टिवनटर, सुगम रुटमा उडान गर्ने दुईवटा एमए–६० र दुईवटावाई –१२ ई ग्राउण्डेड भएको उल्लेख छ।

निगमले नेपालगञ्ज र विराटनगरमा पनि जहाज राखेर दुर्गम जिल्लामा उडान गर्छ। तर, मंगलबार ती दुई क्षेत्रीय हव विमानस्थलमा निगमका कुनै जहाज थिएनन्र निगमले काठमाडौंबाट ६ वटा मुलुकका आठ सहरमा ५ वटा विमानमार्फत अन्तर्राष्ट्रिय उडान गर्छ।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement